 
                                                                        रुकुम पश्चिम घर भई हाल दाङमा बस्दै आएका एक युवकले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर १ हजार ३८ डलर पाएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १० गलमपाटी घर भई दाङमा बसोबास गर्दै आएका २४ वर्षीय चिरञ्जीवी केसीले मेटाका २ वटा सुरक्षा कमजोरी पत्ता लगाएर नेपाली १ लाख ३६ हजार रुपैयाँ पाउनुभएको हो ।
केसीले काठमाडौँको सनवय इन्टरनेशनल विज्नेश स्कुलबाट ब्याचुलर अफ कम्प्युटर साइन्सको पढाई सकाउनुभएको छ । उहाँले मेटाका २ वटा सुरक्षा कमजोरी एवं त्रुटि पत्ता लगाएको बताउनुभयो । पहिलो कमजोरीका बारेमा अप्रिल २९ र दोस्रो कमजोरीका बारेमा जुन ७ मा मेटालाई रिपोर्ट गरेको उहाँको भनाई छ ।
आवश्यक जाँच बुझ पछि मेटाले आफूलाई २ वटा कमजोरी पत्ता लगाए बापत ५/५ सयका दरले १ हजार डलर र पहिलो कमजोरीको पैसा आउन २ महिना लागेकोले ३८ डलर बोनस प्राप्त गरेको केसीको भनाई छ । उक्त कमजोरी कस्ता थिए भन्ने बारेमा भने फेसबुकले कमजाेरी समाधान गरिरहेकाले अहिले शेयर गर्न अनुमति नभएकाले भन्न नमिल्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सुरुमा आफूले मेटाका सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेको र रिपोर्टहरू कुनै डुप्लिकेट, कुनै अयोग्य हुनसक्ने भएकाेले त्यसमा मेटा स्वयंले इन्भेस्टिकेसन गरेर तपाइले पत्ता लगाएका कमजोरी हुन तर यो हामीले पुरस्कृत गर्ने सुरक्षा कमजोरी गाइडलाइन भित्र पर्दैन यद्यपि यसलाई हामीले सुधार्ने छौँ भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो ।
निरन्तरकाे प्रयासपछि हालै मेटाले आफूले पत्ता लगाएका कमजोरीलाई पुरस्कृत गरेको उहाँले बताउनुभयो । मेटाले आफ्ना सुरक्षा कमजोरी पत्ता लगाए बापत अनुसन्धानकर्ताहरूलाई सुरक्षा कमजोरीको अवस्था हेरेर प्रोत्साहन स्वरूप रकम दिने गरेको छ । जसअनुसार आफूले २ वटा कमजोरीको न्यूनतम ५/५ सय डलर प्राप्त गरेको केसीको भनाई छ ।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    