Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:३२:५५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:३२:५५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
लक्ष्मण घर्ती मगर
लक्ष्मण घर्ती मगर आइतबार, असार १२, २०७९

जापानमा हिजोबाट ह्वात्तै गर्मीले फड्को मारेको छ । ३४ डिग्री देखी ३७/३८ डिग्री सम्म पुगेको छ । जब जुन जुलाई र अगस्त यो तीन महिनाको प्रचण्ड गर्मी समय आउँछ तब म जहिल्यै अरबियन् देशहरु सम्झिने गर्छु । जहाँ मैले पनि कयौँ कठोरत्तम दिनहरु ढकेलेको इतिहास छ । कतारको ४५/५० डिग्रीको रापिलो तापक्रममा शरीरबाट पसिनाको खोला बग्थ्यो । सम्झन्छु, जिन्दगी यो कसैले नलेखेको र असिमित खाली पानाहरुले भरीएको किताब हो जुन हामी आफैले लेख्दै जानु पर्छ । किताबमा कस्ता शब्दहरु लेखिन्छन् यो हामीले गर्ने कर्मले निर्धारण गर्दै जान्छ ।

अरब अर्थात कतार सम्झिएँ भने मैले ऊ बेलाका सहकर्मी साथीभाई र तितामिठा सम्झनाहरु सबै सबै नसम्झिने कुरै भएन । ति मध्य मैले कहिल्यै बिर्सन नसक्ने एउटा घटना छ जुन सम्झिँदा म एक्लै हुँदा पनि कयौँ पटक हाँसेको छु । सम्भव त यो लेखको दौरानमा पनि शब्द शब्दमा लेख्दै हाँस्दै अघि बढीरहे छु । मलाई लाग्छ तपाई पाठक वर्गलाई पनि यो हाँसोको अनुभुति अवश्य हुने छ ।

अरबमा एउटा अनौठो र हाँसो लाग्दो पक्ष के थियो भने, त्यहाँ काम गर्न पुगेका पाकिस्तानी नागरीक (पठान) हरु प्राय समलैङ्गिक यौन सम्बन्धमा रुचि राख्नेहरु हुने रहेछन् । कलिलो उमेरका त्यसैमा अझ गोरो गोरो मंगोल फेशका केटाहरु देखे त कुनै परम सुन्दर स्त्री देखे जस्तै गर्दा रहेछन् ति पठानहरु । म त्यो बेला १८ बर्षको थिएँ, स्वभाविकले त्यो भर्वराउँदो उमेरमा बडी स्ट्रक्चर पनि हुने नै भयो । त्यसैमा म होचो र डल्ले ज्यानको मान्छे । मलाई देख्दा त ति मुलाहरुको र्याल नै चुहिने रहेछ यार !

म भन्दा डबल हाईट भएका दाह्री जुँगा छाति सम्मै झरेका तर उमेर चैँ २७/२८ बर्ष जतिका एक जना पठानले एकदिन मलाई भने – ‘मैंने तुझे खुब पसंद करता हुँ ! मेरा दोष्त बनों यार !’ कति हाँस्नु  ?
मैले – हामी साथी नै छौँ त । तँ मेरो साथी हैनस् र ? भन्दा उनले – तँ कुरै बुझेनस् मलाई एकान्तमा भेट न एकछिन । भोली छुटी छ दोहा तिर घुम्न जाऊँ !’ क्या झ्याऊ लाग्ने यार !

मलाई पठानीहरुको यस्ता समलैङ्गीक आकर्षण र व्यवहार बारे पुराना साथीहरुले सुनाएका थिए । र म पनि कतार छिरेको केही महिना भईसकेको कारण पठानीहरुको यो व्यवहार बारे ज्ञानी थिएँ ।

तब मैले यसलाई पाठ नसिकाएर भएन भन्ने सम्झेँ अनि हप्काई–डप्काई र सम्झाई अब देखि यस्तो नामर्द र हिजडा कुरा नगर्न सुझाएँ । र गरेको खण्डमा टाउको फुट्ने गरी ठोक्दिने चेतावनी दिएँ । तर अचम्म के थियो भने मैले जति झपारे पनि ऊ हाँसीरहेको थियो ! यो खाना खाने समयको घटना थियो ।

पर्सिपल्ट विहाँन हामी काम गर्ने साईटमा थियौँ । फरम्यानले दिएको जिम्मानुसार ढल निकासको एउटा मेनहोल कंक्रिट गर्ने तरखरमा थियौँ । नवलपरासी, चितवन, पाल्पा र भोजपुरका साथीहरु (दाईहरु) थिए । अचानक मेरो पछाडीबाट फेरी त्यै पठानले मलाई च्याप्प समातेर छातिमा कसेर छोड्नै छोडेन । भन्दै थियो – ‘क्यासे हौ मेरा जाँन् !’

म एक्छिन त पासोमा परेको चरा जस्तै बनेँ उम्कन सकेनँ । साथीहरु भने हाँसेर राम हेरेर बसेका थिए । मेरो भने रिष उठेर १०० डिग्री नाघिसकेको थियो । अनि मुस्किलले दाहिने कुईनो प्रयोग गरेर उनको पेटमा भ्वाक्कै बजार्दिएँ । तब उस्ले–ऐया यस्ले त साँच्चै हान्यो ! भन्दै एक मिटर जति पछाडी टाढियो । जब त्यति स्पेस पाएँ मैले अगाडीको माटोको सानो पहाडमा टेकेर पठानको छात्तिमै किक प्रहार गरेँ । तब ऊ गल्र्याम्मै ढल्यो । त्यतिकैमा अर्को पठान ढुंगा उठाएर मलाई हान्न आउँदै थियो । तर मेरा साथीहरुले त्यसलाई रोके । त्यो ढलेको पठान पनि खोक्दै उठ्यो मलाई हान्छु भन्दै आईरहेको थियो । मैले नि आईजा साले अब तेरो टाउको फुटाल्ने हो भन्दै ढुंगा टिपेको थिएँ । साथीहरुले मलाई र उस्लाई सबैलाई रोके ।

तब त्यो माटोको सानो पहाडमा चढेर सबैले सुन्ने गरी भनेँ – यो साले हिजडा पठानले धेरै दिनदेखी मलाई टर्चर गरीरहेको थियो । अघिल्लो हप्ता अब देखि यस्तो कुरा गरीस भने राम्रो हुन्न भनेको पनि थिएँ । तर फेरी आज पनि यो हर्कत गरे पछी मैले हानेको हो । नेपालीहरुलाई स्यानो ज्यान देखेर बालक देखेर यस्तो हिजडा हर्कत अब देखी कुनै पठानी वा अरु कसैले नगर्नु । गोर्खालीहरु अन्याय अत्ति भो भने कानुनको हेक्का गर्दैनन् बरु मर्ने या मार्ने यो दुईवटा कुरा मात्रै हेक्का राख्छन् । मलाई सुनेर अरु ईण्डियन र फिलिपिनिहरु निशब्द बनेर हेरीरहेका थिए । केही नेपालीहरु हाँसीरहेका थिए भने कतिपयले यस्ता पागलहरुलाई यस्तै गर्नु पर्छ ठिक गरीस् भन्दै थिए । व्याँनव्याँनको समयमा ६÷७ मिनेट जति काम रोकिएर जात्रै भएको थियो !

सम्भव त पठानी मात्रै हैनन् बढीजसो मुस्लिमहरु अझ भनौँ अरबियन पुरुष नागरीकहरुमा पनि यो चाहाना उत्कट रहेको अप्रमाणित बिश्लेषणहरु सुनिन्छन् । मलाई यो बिकृति भनौँ या उनिहरुको बाध्यात्मक परिस्थिति जे भने पनि यो किन हुन्छ ? के कारण यस्तो प्रथा मौलाउँने रहेछ ? भन्ने जिज्ञासाले घोँचिरहे पछी करीब करीब कतार बसाईको उत्तरार्धतिर हुन सक्छ हाम्रो क्याम्पको जिम्मेवारी सम्हालेका (ऋबmउ दयकक) जो ६०/६५ बर्षका पठानी नै थिए उनि सँग सोधेको थिएँ । उनि ३५ बर्षको उमेमा अरब छिरेका रहेछन् । र अरब बसेको करीब २५/३० बर्ष भईसकेछ ।

उनले यसको पहिलो कारण त उनिहरुको धार्मिक बन्धननै रहेको बताएका थिए । मुस्लिमहरुले केटा र केटी एउटै विद्यालयमा नपढाउँने भएकोले उनिहरु विपरित लिङ्गको बोलचाल तथा स्पर्शको अनुभुति गर्न पाउँदैनन् । पढाई सकिए पछी पनि जवान केटाहरु कुनै केटी सँग खुलम्खुल्ला रिलेशनमा बस्ने, जिस्किने, प्रेम गर्ने जस्ता स्वतन्त्र वातावरण हुँदैन उनिहरुलाई । यसले उनिहरुलाई आफुसँग सँगै हुर्केको पढेको पुरुष साथी सँग पालैपालो एकअर्कालाई समलैङ्गिक यौन सम्बन्ध राख्ने तिर अग्रसर गर्ने गर्छ । जब १५/१६ बर्षको उमेर देखी नै उनिहरु पुरुष पुरुष बिचको समलैङ्गिक सेक्समा हराउँछन् अर्थात त्यो लटमा डुब्छन् तब उनिहरु यो लटबाट उम्कन नसक्ने रहेछन् र निरन्तर त्यही चाहानामा हुने रहेछन् । यति सम्म की एउटा विवाहित अरबि पुरुष आफ्नो श्रीमती सँगको यौन सम्भोगबाट सन्टुष्टी हुन नसकेर पैसा खर्च गरेरै भए पनि समलैङगिक यौन सम्बन्ध प्राप्त गर्न भौतारीने गरेको कुरा पनि उनले सुनाएका थिए ।

यो करिब ११/१२ बर्ष अगाडीको कुरा हो । अहिले त समय धेरै अगाडी आईसक्यो । अरब देशहरुमै कयौँ नेपाली जोडीहरुको विभिन्न प्रकरणका समचारहरु आउँछन् । यसर्थ विदेशी महिलाहरुको बाक्लो उपस्थिति बनेको छ अरब क्षेत्रमा पनि । जस्ले समलिङ्गि यौन आकर्षणताका पात्रहरुलाई केही रुपमा भए पनि कम गरेको हुन सक्छ भन्ने लाग्छ । तर रियलमा अहिले अरबको अवस्था र वास्तविकता कस्तो छ भनेर जान्न त त्यहाँ बसिरहेका नेपालीहरु सँग सोध्नै पर्छ । जापानको बसाई टुङ्गे पछी एकचोटी फेरी नयाँ र विकसित कतारमा काम गर्न हैन घुम्न जाने ठुलो धोको छ ।
 


प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १७:५१
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#विचार #व्लग #लक्ष्मण घर्ति मगर
प्रतिक्रिया दिनुहोस्
थप विचार/व्लक
समिक्षाः सिसी क्यामेरा फुटेज
समिक्षाः सिसी क्यामेरा फुटेज सोमबार, साउन १६, २०७९
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ मंगलबार, साउन ३, २०७९
जनप्रिय बजेटले ल्याएको भुकम्प
जनप्रिय बजेटले ल्याएको भुकम्प बुधबार, असार २२, २०७९
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे बुधबार, असार २२, २०७९
एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले !
एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले ! आइतबार, असार १९, २०७९
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ बिहीबार, असार २, २०७९
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ शनिबार, जेठ २८, २०७९
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता !
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता ! शुक्रबार, जेठ २७, २०७९
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  !
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  ! बिहीबार, जेठ २६, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्