Top Navigation
मंगलबार, असोज १६, २०८० १२:०६:११
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:०६:११
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • कृषिका योजना गाउँमै पुगेर सम्झौता
कृषिका योजना गाउँमै पुगेर सम्झौता योजनाहरु समयमै सम्पन्न गर्ने र पारदर्शिता कायम गर्ने लक्ष
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, कात्तिक १, २०७७
बाँफिकोट गाउँपालिकाको केन्द्र नेटाबजारमा पुगेर उपभोक्ताहरुसंग योजना सम्झौता गर्दै कृषि विकास कार्यालयको टीम ।

कृषि विकास कार्यालय रुकुम पश्चिमले स्थानीय तहमै पुगेर योजनाको सम्झौता सुरु गरेको छ । ‘जहाँ कृषक त्यहाँ कृषि विकास कार्यालय’ भन्ने नाराका साथ चालु आर्थिक वर्ष २०७७/०७८ मा कार्यालय मार्फत कार्यान्वयन हुन लागेका योजनाहरुको कार्यालयले गाउँमै पुगेर उपभोक्ता समितिहरुसंग सम्झौता गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लामा कृषि विकास कार्यालय मार्फत कार्यान्वयन हुन लागेका योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि कार्यालय सम्झौता गर्न स्थानीय तहमै पुगिरहेको छ ।

ढिलो गरी योजना सम्झौता हुँदा काम असारमै धकेलिने र यसले प्रभावकारी काम नहुने तथा पारदर्शितामा पनि प्रश्न उठ्ने भएकाले समयमै योजना कार्यान्वयनका लागि स्थानीय तहमै पुगेर सम्झौता गर्ने अभियानको सुरुवात गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनवहादुर केसीले जानकारी दिनुभयाे । उपभोक्ताहरु सम्झौताका लागि जिल्ला सदरमुकाममा रहेको कार्यालयमा पुग्नुपर्दा झन्झटिलो हुने, खर्चिलो हुने र उपभोक्ताहरुलाई सास्ती हुनबाट जोगाउन पनि स्थानीय तहमै पुगेर सम्झौता गरिरहेको उहाँको भनाई छ ।

सम्झौताका लागि कार्यालयमा पुग्दा हुने खर्चले थप विकास हुने कार्यालयको विश्वास छ । यसबाट उपभोक्ताहरु खुशि भएका छन् । सम्झौताका लागि भनेर सदरमुकाम पुग्नुपर्दाको झन्झट अव हटेको भन्दै बाँफिकोट गाउँपालिका ३ मा रहेको झिम्रु–कोलचौर–वसेनी–छिप्राखोला सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलवहादुर खत्रीले खुशि व्यक्त गर्नुभयाे । समितिले सिंचाई कुलो निर्माणका लागि यो वर्ष ५ लाख रुपैंया पाएको र समयमै सम्झौता भएकाले अव समयमै स्टामेट अनुसारको काम सम्पन्न गरिसक्ने उहाँले बताउनुभयाे ।

कृषि विकास कार्यालयले पहिलो चरणमा सिंचाई आयोजनाहरुको सम्झौता गरिरहेको छ । चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयाे । अव मुसीकोट नगरपालिकाका ६, आठबीसकोट नगरपालिकाका ४, सानीभेरी गाउँपालिकाका ६ र चौरजहारी नगरपालिकाका २ वटा योजनाको सम्झौता हुन बाँकी छ ।

जिल्लामा यो वर्ष कृषि विकास कार्यालय मार्फत संचालन हुन लागेका योजनाहरु कममा ५ लाख देखि बढीमा ७५ लाख सम्मका छन् । यसैगरी सबै स्थानीय तहमा पुगेर कार्तिक पहिलो सातासम्म योजनाको सम्झौता गरिसक्ने र पौष मशान्त भित्र निर्माणका कामहरु सक्ने लक्ष रहेको निमित्त कार्यालय प्रमुख केसी बताउँछन् । गत वर्षहरुमा जस्तो यो वर्ष असार महिनासम्मै निर्माणका काम हुने बाध्यताको अन्त्य हुने उनले दाबि गरे ।

यसैविच कृषि विकास कार्यालयले यो वर्ष संचालन हुने अन्य योजनाहरुको समेत गाउँमै पुगेर सम्झौता गर्ने बताएको छ । सुरुमा प्राविधिक टोली पठाएर लागत स्टामेट तयार पार्ने र त्यसपछि कार्यालयको टोली गएर सम्झौता गर्ने अभियान जिल्लाका ६ वटै स्थानीय तहमा संचालन हुने र कार्यालयबाट संचालन हुने सबै योजनामा लागु हुने बताईएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १०:२८
#याेजना #सम्झाैता
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्