रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा तेस्रो बाँफिकोट कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकासका लागि स्थानीय युवाहरूको आयोजनामा वडा नम्बर ४ को वीरेन्द्र माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताकाे बाँफिकाेट गाउँपालिका ३ का पूर्व वडाध्यक्ष तथा नेकपाका नेता चन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । आयोजक समितिका आभास चन्द ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा केसीको प्रमुख आतिथ्यता रहेको थियो भने इलाका प्रहरी कार्यालय बाँफिकाेटका इन्चार्ज गणेश विक, कालिका युवा क्लबका अध्यक्ष गोपाल विक लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियाेगितामा २८ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, साथमा , मेडल र प्रमाणपत्र तथा उप विजेता टिमले २२ हजार २ सय २२ रुपैयाँ तथा साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष ठकुरीले बताउनुभयो ।
खेलकुदका माध्यमबाट आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।





