Top Navigation
शुक्रबार, असोज १२, २०८० ०६:५३:००
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०६:५३:००
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्व बस दुर्घटनाः सबै ५ जना मृतकको पहिचान, ४ जनालाई हेलिकोप्टरबाट रिफर
रुकुम पूर्व बस दुर्घटनाः सबै ५ जना मृतकको पहिचान, ४ जनालाई हेलिकोप्टरबाट रिफर
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, असोज ६, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
दुर्घटनाग्रस्त बस ।

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सीबगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । आज काठमाडौंबाट रुकुमकोट तर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ नजिकै वडा नम्बर ३ को क्याङसीबगरमा दुर्घटनाग्रस्त हुँदा आमा छोरा सहित ५ जनाको मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा परि बस चालक रामेछाप जिल्लाका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि गम्भिर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । 

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षिय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षिय साइमान खड्का र १९ वर्षिया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १३ का ३५ वर्षिय डम्बर नेपालीलाई कोहलपुर पठाईएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । दुर्घटनामा परि अन्य ८ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । 

अन्य घाइतेहरुमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ का ६१ वर्षिय मोहन बुढा, रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ११ का २१ वर्षिय घमण्ड खड्का मगर, गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय किसान क्षेत्री, रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ५ का २५ वर्षिय खमेन्द्र बढाु, भूमे ३ का ३२ वर्षिय शक्ति पुन, पुथाउत्तरगंगा गाउँपालिका ११ का २२ वर्षिय भरत बुढा, भूमे गाउँपालिका ५ का १९ वर्षिय सुवर्ण बुढा र बाग्लुङको बुर्तिबाङ नगरपालिका १ का १८ वर्षिय सुनिल पौडेल रहेको प्रहरीको भनाई छ । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बसका सह चालकले गाई बस्तुलाई जोगाउन खोज्दा दुर्घटना भएको जानकारी दिएको तर थप अनुसन्धान चलिरहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:४६
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्