Kakhara सबैको खबर सम्पूर्ण खबर
गेहेन्द्रको उपचारका लागि अमेरिकाबाट ४ लाख बढी सहयोग प्राप्त 
सहयाेग हस्तान्तरण गर्दै वडाध्यक्ष शेरबहादुर खड्का लगायत ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीका गेहेन्द्र खड्काको उपचारका लागि अमेरिकाबाट सहयोग संकलन भएको छ । २०७७ को साउन २३ गते काठमाडौं जाने क्रममा दुर्घटनामा परि घाइते भई उपचाररत खड्काको उपचारका लागि अमेरिकाबाट ४ लाख १३ हजार ५ सय ७६ रुपैंया सहयोग प्राप्त भएको हो । 

खड्काको उपचारका लागी उक्त रकम सानीभेरी निवासी हाल अमेरिकामा बस्दै आएका विस्वास खड्का, भिमसेन केसी लगायतको पहलमा संकलन भएको हो । विभिन्न २१ जना युवाहरुबाट संकलन भएको उक्त रकम बिरामी गेहेन्द्र खड्काको आमालाई सानीभेरी ९ का वडाध्यक्ष शेरबहादुर खड्काको रोहवरमा स्थानीय चक्रबहादुर केसी मार्फत हस्तान्तरण गरिएको छ ।

घाइते खड्काको हाल काठमाडौंमा उपचार भइरहेको छ । उहाँको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका थिए । घाइतेकाे उपचारका लागि सानीभेरी ११ का ऋषिराम खड्काले ९० हजार, सानीभेरी ११ का विश्वास खड्काले २५ हजार ४ सय, सानीभेरी ९ का भिमसेन केसीले ३८ हजार १ सय, सानीभेरी १० का मनमोहन ओलीले २७ हजार ९ सय ४०, सानीभेरी ११ का राजकुमार खड्काले २५ हजार ४ सय र बिनोद ओलीले २५ हजार ४ सय, अपिल क्षेत्रीले २५ हजार ४ सयले सहयोग गर्नुभएको छ । 

त्यस्तै सानीभेरी १० का नरेन्द्र ओलीले १९ हजार ५०, सानीभेरी ११ का नवराज खड्काले १९ हजार ५०, टिकाराम बोहोराले १४ हजार ६ सय ५, दाङ शान्तीनगरका जितबहादुर ओलीले १४ हजार ६ सय ५,सुरेन्द्र ओलीले १२ हजार ७ सय, प्रेम बोहराले १२ हजार ७ सय, कमलेश ओलीले १२ हजार ७ सय, सुबास खड्काले ११ हजार ५ सय ५७ र दाङ शान्तीनगरका मिलन ओलीले ६ हजार ९ सय ८५ रुपैंया उपचारका लागि सहयोग गरेको बताइएको छ । 

सानीभेरी १० का प्रकाश खड्काले ६ हजार ९ सय ८५, इश्वरमान रोकाले ६ हजार ९ सय ८५, सर्खेतका नरेश खड्काले ६ हजार ३ सय ५०, मुसीकोट १४ का विजय ढकालले ६ हजार ३ सय ५० र मुसीकोट छिङका आकाश रोकायले ६ हजार ३ सय ५० रुपैंया सहयोग गर्नुभएको छ । 
 


 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update