Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका यि उम्मेदवार जो कारबाहीमा परे (नामावली सहित)

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागि मध्ये रुकुम पश्चिमका अधिकांश उम्मेदवार तोकिएको समयमा खर्च विवरण नबुझाउदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयसिमा भित्र २३.३९ प्रतिशत अर्थात २ सय ११ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको पाइएको छ । 

जिल्लाका ६ वटा स्थानीय तहमा कुल ९ सय २ जना उम्मेदवारले निर्वाचनमा भाग लिएकामा ६ सय ९१ जना समयमा निर्वाचन खर्च विवरण नबुझाउँदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाहीमा परेका उम्मेदवारको नामावली र जरिवाना तोकेर पठाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो । 

आयोगले पठाएको विवरण अनुसार जिल्लाका ७६.६० प्रतिशत उम्मेदवार कारवाहीमा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका निर्वाचित र पराजित नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवार सहित १ सय ७५ जना उम्मेदवारले खर्च विवरण बुझाएका छ्रैनन् । त्यस्तै चौरजहारी नगरपालिकाका १ सय ५४, बाँफिकोट गाउँपालिकाका १ सय २७, सानीभेरी गाउँपालिकाका ९३, मुसीकोट नगरपालिकाका ६९ जना र त्रिवेणी गाउँपालिकाका ७३ जना उम्मेदवार समयमै खर्च विवरण नबुझाउदा कारवाहीमा परेका बताइएको छ । 

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाउन भनेको थियो । आयोगले समयमा खर्च विवरण नबुझाउने मध्ये नगर प्रमुख र उपप्रमुखलाई ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना तोकेको छ । त्यस्तै नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई २ लाख तथा गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ । यसरी निर्वाचन खर्च समयमै नबुझाउने रुकुम पश्चिमका ६ सय ९१ जना उम्मेदवारलाई कुल १२ करोड ९२ लाख ५० हजार जरिवाना तोकिएको छ ।  

हेर्नुहाेस् निर्वाचन खर्च नबुझाउनेकाे विवरण:

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update