Kakhara सबैको खबर सम्पूर्ण खबर
बिर्खबहादुर भारतबाट फर्किने क्रममा वेपत्ता
वेपत्ता बिर्खबहादुर डाँगी ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ वनकट्टाका ५६ वर्षिय बिर्खबहादुर डाँगी वेपत्ता हुनुभएको छ । भारतको सिम्लाबाट घर फर्किने क्रममा डाँगी वेपत्ता भएको उहाँको परिवारले जनाएको छ । करिब तीन महिना अघि उपचारको शिलसिलामा भारतको सिम्ला जानभएका डाँगी केही दिन देखि परिवारको सम्पर्कमा हुनुहुन्न । 

सिम्लाबाट चण्डिगढसम्म आईरहेको जानकारी भएको र त्यसपछि कहाँ जानुभयो भन्ने जानकारी नभएको उहाँका कान्छा छोरा खेमराज डाँगीले जानकारी दिनुभयो । बिर्खबहादुरले केही व्यक्तिलाई आफु चण्डिगढ जाने गाडीमा बसेको बारे बताएको जानकारी आफुहरुकोमा पुगेको छोरा खेमराजले बताउनुभयो । 

उहाँ चण्डिगढ पुगेको वा नपुगेको बारेमा केही जानकारी नभएको उहाँले बताउनुभयो । यसबारेमा उहाँको परिवारले चिनेजानेका सबैतिर खवर गरिसकेको छ । तर अहिलेसम्म कुनै जानकारी प्राप्त हुननसकेको भन्दै परिवारले खोजीमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । यसबारेमा केही जानकारी भएमा नजिकको प्रहरीकोमा खवर गर्न कान्छा छोरा खेमराजले सबैलाई आग्रह गर्नुभयो । उहाँका तीन छाेरा र एक छाेरी छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update