Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मेलाकाे अवसरमा मुसिकोटमा भोली सार्वजनिक बिदा 

मुसिकोट नगरपालिकाले भोली कार्तिक २२ गते सार्वजनिक बिदा दिएको छ । डिग्रे मेलाको अवसरमा नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सबै १४ वटै वडा कार्यालय, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय लगायत सम्पूर्ण कार्यालयहरुलाई बिदाका बारेमा जानकारी दिएको छ । 

नगरपालिकाको वडा नम्बर ५ थर्पूमा रहेको प्रसिद्ध तिर्थस्थल डिग्रे शाइकुमारी मन्दिरमा हरेक वर्षको हरिवोधनी एकादशी देखि कार्तिक पूर्णमासम्म लाग्ने मेलाको अवसरमा एक दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले एक सूचना जारी गरी जानकारी गराएको छ । आजको नगरकार्यपालिका बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । 

कार्तिक १८ गतेबाट सुरु भएको डिग्रे मेला भोली सकिदै छ । भोली डिग्रे मन्दिर परिषरमा भव्य मेला लाग्छ । मन्दिरमा पुजापाठ, दर्शन तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गरेका छन् । मन्दिरमा पुजाआजा तथा बलि दिनाले मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update