Kakhara सबैको खबर सम्पूर्ण खबर
१९ वर्ष मुनिको कर्णाली प्रदेश क्रिकेट छनाैटमा रुकुम पश्चिम प्रथम

वाइवाइ अण्डर १९ कर्णाली प्रदेश छनौटमा रुकुम पश्चिम प्रथम भएको छ । आज भएको फाइनलमा सुर्खेतलाई पराजित गर्दै रुकुम पश्चिम प्रथम भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले २७.२ ओभरमा १० विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो ।

१ सय ४३ रनको जवाफि व्याटिङमा उत्रिएको सुर्खेत ७७ रनमा सिमित भयो । उसले १४.४ ओभरमा ७७ रन बनाउदा सबै १० विकेट गुमायाे । रूकुम पश्चिमका लागि युनिशविक्रम सिंहले ६ र अनुज चनाराले ४ विकेट लिए । वाइवाइ १९ वर्ष मुनिको राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश छनौट संचालन गरिएको हो ।

यो प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टिम बनाइएको छ । रुकुम सेमिफाइनलमा सल्यान र सुर्खेत दैलेखलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update