Kakhara सबैको खबर सम्पूर्ण खबर
फिफा विश्वकपः बेल्जियमका रोमेलु लुकाकु पहिलो दुई खेलबाट बाहिर
राेमेलु लुकाकु ।

बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले विश्वकपका समुह चरणका दुई खेल गुमाउने भएका छन् । ह्यामस्ट्रिङको चोटबाट निको भइरहँदा शुक्रबार कतार पुगेका लुकाकुले समुह चरणको क्यानडा र मोरोक्को विचको खेल गुमाउने भएका हुन् । 

वेल्जियमले आफ्नो पहिलो खेल मंसिर ७ गते क्यानडा, दोस्रो खेल मंसिर ११ गते मोरोक्को र समुह चरणको अन्तिम खेलमा मंसिर १५ गते गत संस्करणको विश्व उपविजेता क्रोएसियासंग खेल्ने छ । 

लुकाकु बेल्जियमका सबै समयका सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय २ खेलमा ६८ गोल गरेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकुले आफु पूर्ण रुपमा फिट नभएको स्वीकार गरे तापनि उनलाई विश्वकपका लागि बोलाइएको थियो । २९ वर्षिय लुकाकुले १८ महिनाको कठिन समय सहेका छन् । 

चेल्सीसँग निराशाजनक सिजन पछि उनी लोनमा इन्टर मिलान फर्किएका छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update