Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:५७:३८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:५७:३८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • विभेद सहन नसकेका राजकुमार 
विभेद सहन नसकेका राजकुमार  यो घमण्ड होइन, हरेक कालखण्डमा रुकुम नै मार्गदर्शक बनेको छ ।
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, मंसिर ९, २०७९

रुकुमको तत्कालिन नुवाकोट गाविस वडा नम्बर ४ (हालको चौरजहारी नगरपालिका १४) मा २०२८ साल असोज १८ गते आमा यशोदा शर्मा र बुवा टिकाराम शर्माका कान्छा छोराका रुपमा जन्म भयो राजकुमार शर्माको । ६ भाइबहिनी मध्येका कान्छा राजकुमार सानैदेखि विद्रोही स्वभावका हुनुहुथ्यो । गाउँका हुने खाने र ठालुहरुले सामान्य जनतामा गर्ने अन्याय र अत्याचारले सानैदेखि उहाँलाई छुन्थ्यो । घरमा हुने राजनीतिक छलफलले समेत उहाँलाई सानैदेखि राजनीतिप्रति आकर्षित गरिरहेको थियो । २०४० सालमा छिमेकीले आफुहरुलाई दमन गर्दा आफुहरुले त्यसको प्रतिकार गरेको र सो पश्चात केही दिन फरार हुनेपरेको उहाँलाई अहिलेपनि सम्झना छ । बुझ्ने भएदेखि नै गाउँमा हुने हरेक प्रकारका दमन र विभेदका विरुद्ध आवाज उठाइहाल्ने राजकुमार आफुलाई सधैका विद्रोही भन्न रुचाउनुहुन्छ । 

२०४१ सालमा तत्कालिन मोटो मसालको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला उहाँकै घरमा भयो । जाजरकोट, सल्यान र रुकुमका विद्यार्थीहरु उहाँको घरमा भेला भएका थिए । उक्त सम्मेलनका लागि पुग्नुभएको थियो विद्यार्थी संगठनका केन्द्रीय नेता यदु गौतम । उक्त भेलाले त पनि यो संगठनको सदस्य भइस है भनेको उहाँलाई सम्झना छ । त्यसपछि २०४३ सालमा जिल्ला सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता मावि र यमूना नन्द नमूना मावि सेरिगाउँलाई समेटेर बनाइएको विद्यार्थी संगठनको खलंगा इकाई कमिटीमा उहाँ जोडिनुभयो । त्यसपछि उहाँ विद्यार्थी संगठनमा सक्रियतापूर्वक लाग्नुभयो । २०४५ सालमा विद्यार्थी संगठनको जिल्ला सदस्य हुनुभयो । 

२०४६ सालमा उहाँले मोटो मसालको सदस्यता प्राप्त गर्नुभयो । २०७४ सालदेखि पार्टीमा पूर्णकालिन हुनुभयो । त्यसपछि उहाँ पार्टीको युवा संगठनमा जोडिनुभयो । यही क्रममा शर्माले २०४८ र २०५० सालमा सैन्य तालिम समेत लिनुभयो । २०४७ सालदेखि युवा संगठनमा आवद्ध हुनुभएका शर्माले भूमिगत रुपमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यतिबेला ग्रामिण वर्ग संघर्ष अन्तरगत विभिन्न विभेदका घटना विरुद्ध विद्रोह देखि सामुहिक खेती लगायतका जनसेवाका विभिन्न काममा उहाँले रुकुमको पूर्वी भाग हुकाम, मैकोट, तकसेरा लगायतका ठाउँमा समय विताउनुभयो । सोही अवधिमा उहाँले सेना उत्पादनको काममा पनि भूमिका खेल्नुभयो । यही बेला उत्पादन भएका सेना पछि २०५२ देखि सुरु भएको जनयुद्धमा सहभागि भए । मोटो मसाल, त्यसपछि एकता भएर बनेको जनमोर्चा हुँदै उहाँ माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा सामेल हुनुभयो । 

उहाँले पार्टीभित्र संगठकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसक्रममा उहाँले एक दर्जन युद्धको राजनीतिक नेतृत्व समेत गर्नुभएको छ । जनयुद्ध सुरु भएपछि जनयुद्धका बारेमा गलत प्रचार गर्ने प्रयास भएको पाइएपछि पार्टीले सशस्त्र कब्जा अभियान चलायो । उहाँ त्यसको सदस्य हुनुभयो र गाउँ गाउँमा गएर जनयुद्ध र यसको उदे्श्यका बारेमा बुझाउने काम गर्नुभयो । पछि यो अभियानलाई पार्टी केन्द्रले पनि ग्रहण गर्यो । 

ठूलो परिवर्तनको नेतृत्व रुकुमले गरेपनि यहाँका जनताले अझैपनि त्यसको स्वाद चाख्न पाएका छैनन् । अव अवस्था बदल्ने हाम्रो मुख्य जिम्मेवारी छ । जनता पनि यही चाहिरहेका छन् । जनताले हामीलाई विश्वास गरिराख्नुको मुख्य कारण पनि यही हो । 

२०५४ सालमा भने उहाँको कर्णाली उपक्षेत्रिय व्युरोमा सरुवा भयो । त्यसपछि उहाँले साविकको कर्णाली अञ्चलका विभिन्न जिल्लामा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँले जुम्ला, कालिकोट, मुगु र बाजुराका विभिन्न भागलाई जोडेर बनाइएको जिल्लाको सेक्रेटरी र इन्चार्ज भएर २०५४ देखि २०५८ सम्म काम गर्नुभयो । २०५८ देखि २०६१ सम्म भने उहाँले हुम्ला, मुगु र बाजुराको सेक्रेटरी तथा इन्चार्ज भएर काम गर्नुभयो । २०५७ तिर उहाँले भेरी कर्णाली क्षेत्रिय व्यरोमा पनि काम गर्नुभयो । २०६१ तिर दैलेखमा प्रतियुद्धको अवस्था देखिएपछि पार्टीले त्यहाँ खटायो र सेक्रेटरी र इच्चार्ज भएर काम गर्नुभयो । शान्ति प्रक्रियापछि २०६३ देखि ०६६ सम्म उहाँले थारुवान राज्यको प्रचार विभाग प्रमुख भएर काम गर्नुभयो भने २०६७ देखि २०७४ सम्म नेवा राज्यमा काम गर्नुभयो । २०६८ मा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्नुभयो भने २०७४ मा उहाँ माओवादीको पोलिटव्युरो सदस्य हुनुभयो । २०७१ तिर उहाँले पार्टी केन्द्रीय प्रचार विभागमा रहेर काम पनि गर्नुभयो भने कर्मचारी महासंघको केन्द्रीय सह इन्चार्जको भुमिका निर्वाह गरेको अनुभव समेत उहाँसंग छ । २०७४ मा भने उहाँ जिल्ला फिर्ता हुनुभयो । २०७४ को स्थानीय तहबाट चौरजहारी नगरपालिका १४ को वडा सदस्यमा निर्वाचित हुनुभएका शर्मा ५ वर्ष जिल्ला समन्वय समितिको प्रमुख हुनुभयो । यो विचमा २०७५ देखि उहाँले रुकुम पश्चिमको इन्चार्ज र २०७८ सालमा कर्णाली प्रदेश अध्यक्ष भएर काम गर्नुभयो । २०७५ मा उहाँ नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पनि केन्द्रीय सदस्य हुनुभयो हाल उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ । 

उनै शर्मा रुकुम पश्चिम प्रदेश सभा ‘ख’ बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका कर्णबहादुर घर्तिलाई १२ हजार ८२ काे फराकिलो मतान्तरले पराजित गर्दै शर्मा प्रदेश सदस्यमा निर्वाचित हुनुभएको हो । शर्माले २० हजार १ सय ६० मत पाउँदा घर्तिले ८ हजार ७८ मत पाउनुभयाे । शर्मालाई कर्णाली प्रदेशको सम्भावित मुख्यमन्त्रीका रुपमा समेत हेरिएको छ । उनै शर्मासंग हामीले विभिन्न समसामयिक विषयमा कुराकानी गरेका छौं । उक्त कुराकानीका आधारमा शर्माले विभिन्न सवालमा व्यक्त गरेका भावको सार संक्षेप यहाँ प्रस्तुत गरेका छौं । 

व्यवस्था बदल्ने जनयुद्धको सदस्य हुन पाउँदा गर्व लाग्छ 
नेपालमा हालसम्म भएका परिवर्तनको सार कारक जनयुद्ध हो । जनयुद्ध नभएको भए २०६२/०६३ को जनआन्दोलन सम्भव हुने थिएन र देशमा सजिलै अहिलेको जस्तो परिवर्तन हुन सक्ने अवस्था आउने थिएन । राज्यले गरेको दमनले जनयुद्ध निम्त्याएको हो । हरेक तिरबाट राज्य जनता माथि दमन गर्न नउत्रिएको भए सायदै जनयुद्ध हुने थियो । अन्य दलहरु संवैधानिक राजतन्त्रको पक्षमा भएपनि जनयुद्धका कारण जवरजस्ती सबै दललाई राजतन्त्रका विरुद्धमा उत्रिन बाध्य बनाएको हो । जनयुद्धकै बलमा देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता प्राप्त भएको हो । केही मान्छेले पुरानै व्यवस्था सही भन्छन तर यो सही होइन भ्रम हो ।  जनयुद्धको एउटा सदस्य हुन पाउँदा अहिले मलाई गर्व लाग्छ । 

म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ ।

कम्युनिष्ट आन्दोलनको शुद्धिकरण र सधृढिकरण आवश्क छ
माओवादीले उठाएका धेरै मुद्धाहरु स्थापित भएपनि अझ धेरै आन्दोलन पुरा हुन बाँकी रहेका छन् । प्रमुख कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका मुद्धालाई स्थापित गर्न सशक्त कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको छ । अव सिंगो कम्युनिष्ट आन्दोलन शुद्धिकरण र सुधृढिकरण हुन आवश्यक छ । शुद्धिकरण भनेको जनतातिर फर्किने कुरा, जनता र वर्गप्रति फर्किने कुरा हो र यो दृष्टिकोणको कुरा हो । सुधृढिकरण भनेको हामी लथालिंग भएका छौं, छरिएका छौं । यसलाई संगठिन गर्नुपर्छ । र अर्को कुरा हामी राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने लेनिनवादी मान्यताका साथ अघि बढेका मान्छे हौं । तर हामी राज्य सत्तामा पुगेको जस्तो महशुस अझै भएको छैन् । हामी सरकारमा त पुगिरहेका छौं । जब जब हामी सरकारमा जान्छौं तव तब जनतामा फर्किनुको विकल्प छैन् । पारदर्शिता र सुशासनको पाटो कमजोर छ । अहिले राष्ट्रको व्यवस्थापन र कुशल व्यवस्थापकको आवश्यकता छ । भएकाहरु अपुग छन् । 

कर्णाली ऐतिहासिक सम्पदा हो 
सिंगो कर्णाली ऐतिहासिक सम्पदा हो । कर्णाली नेपाली भाषाको उत्पत्ति स्थल हो । कला संस्कृति र व्यापार व्यवशायका लागि पुरानो विरासत बोकेको ठाउँ हो । श्रम, प्रकृति, भूगोल, पर्यटन, जल जमिन लगायतमा प्रचुर सम्भावना बोकेको र धनी क्षेत्र हो कर्णाली । म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ । 

यो घमण्ड होइन, हरेक कालखण्डमा रुकुम नै मार्गदर्शक बनेको छ 
रुकुमले राजनीतिक परिवर्तनका लागि दुःख, कष्ट गर्न थालेको लामो समय भइसकेको छ । २००८ साल देखि कामी बुढाले संगठित गरेको रुकुम अहिलेसम्म पनि संगठित छ । कम्युनिष्ट आन्दोलनमा रुकुमको भूमिका अहम छ । रुकुम सधै परिवर्तनको पक्षमा उभिएको छ । कम्युनिष्ट आन्दोलनको सुरुवात देखि निष्कर्षसम्म पुग्दा रुकुमले ठूलो योगदान र नेतृत्वदायी भूमिका निभाएको छ । यो घमण्ड होइन रुकुम सबै परिवर्तनको पक्षमा उभिएको छ र त्यसको नेतृत्व गरेको छ । हामीले धेरै पटक भनेका छौं व्यवस्था बदल्यौं तर अव अवस्था बदल्नुपर्छ । ठूलो परिवर्तनको नेतृत्व रुकुमले गरेपनि यहाँका जनताले अझैपनि त्यसको स्वाद चाख्न पाएका छैनन् । अव अवस्था बदल्ने हाम्रो मुख्य जिम्मेवारी छ । जनता पनि यही चाहिरहेका छन् । जनताले हामीलाई विश्वास गरिराख्नुको मुख्य कारण पनि यही हो । 

शान्ति प्रक्रियापछि पहिलो पटक गाडी गुडायौं, अव समृद्धको गाडी गुडाउँछौं
रुकुममा शान्ति प्रक्रियापछि पहिलो पटक गाडी गुडाउने काम हामीले गर्यौं । त्यो हाम्रो पहिलो विकासको प्रयास थियो । त्यसपछि बाटोघाटो देखि अन्य पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रीत भयो । १ हजार ६ सय ४५ किलोमिटर सडक हाम्रो नेतृत्वमा रुकुममा मात्र खनिएको छ । अव त्यसको स्तरवृद्धिका लागि काम गरिरहेका छौं । एक घर एक धारको अवधारणा अनुसार जिल्लाका सबै घरमा खानेपानी पुर्याउने अभियानमा छौं । धेरै घरमा धारा पुगिसेका छन् । सिँचाइको अभाव अन्त्य गर्ने प्रयास गरिरहेका छौं । अव केही ठाउँमा सिँचाइको सुविधा पुर्याउनु छ । हाम्रा पार्टीका नेता तथा हालका माननीय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा रुकुम उज्यालो कार्यक्रम सुरु भयो । पछि त्यसले देशव्यापी रुप लियो र सफल पनि भयो । बाँकी रहेका केही गाउँ छन् त्यहाँपनि बिजुली पुर्याउन गम्भिर रुपमा लागेका छौं । विद्यालयको भौतिक सुधार भएको छ अव शैक्षिक सुधारमा ध्यान केन्द्रीत भएको छ । स्वास्थ्य अवस्था कमजोरबाट मध्यमको अवस्थामा आइपुगेको छ । सञ्चारको अवस्था पनि सुधार भएको छ । 

प्रदेश सभाको सांसद भएपछि मुख्यमन्त्रीको दाबी गर्नु स्वभाविक हो । अहिलेसम्म जनताको आदेश पालना गरिरहेको छु । अवसर पाएमा कर्णाली प्रदेशको नेतृत्व गर्न सक्छु । 

जिल्लामा आधारभूत आवश्यकताहरु पुरा भएका छन् । अव त्यसमा टेकेर वेरोजगारी अन्त्य गर्ने लक्ष छ । वेरोजगारी अन्त्य हुने वित्तिकै गरिबी सकिने छ । यसका लागि हामीले जिल्लामा २ वटा अभियानको थालनी गरेका छौं । त्यो हो आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान । म जिल्ला समन्वय समितिको प्रमुख हुँदा सरकारी कम्पनी संचालन गरेर बिद्युत उत्पादन गर्ने कामको सुरुवात भएको छ । स्यार्पू कम्पनी लिमिटेडले बाँफिकोटमा ३.३ मेघावाट विद्युत उत्पादन गर्दै छ । यही कम्पनीले दैनिक १ लाख लिटर दुध खपत गर्ने गरी मुसिकोटमा डेरी उद्योग संचालन गर्दै छ । गाउँ गाउँमा विभिन्न उद्योगहरु स्थापना भएका छन् । जिल्लाका ६ हजार किसानलाई समुहमा संगठित गरेर सहुलियत ऋण प्रवाह गरिरहेका छौं । किसान शेयरको अवधारणा ल्याएका छौं । यि जम्मै सकारात्मक सूचक हुन् । अर्को कुरा कृषिमा व्यवशायिकता विकास गर्नुको विकल्प समेत छैन् । सामाजिक रुपान्तरण अन्तरगत महिला, दलित, गरिब लगायत उत्पीडनमा परेका जाती, वर्ग र समुदायलाई माथि उठाउने प्रयास जारी छ । समग्रमा राजनीतिक नेतृत्व जनतातिर फर्किने, जनताप्रति उत्तरदायी हुने र तीनै तहका सरकार तथा जनता परिचालन गरेर मात्र विकास सम्भव देख्छु म ।  

प्रदेश सभा सदस्य भएपछि मुख्यमन्त्रीमा दाबी गर्नु स्वभाविक हो 
प्रदेश सभाको सांसद भएपछि मुख्यमन्त्रीको दाबी गर्नु स्वभाविक हो । मैले विभिन्न कालखण्डमा कुनै न कुनै रुपमा कर्णालीका सबै जिल्लामा नेतृत्वदायी भुमिका निर्वाह गरेको छु । यहाँका समस्याप्रति जानकार छु । अहिलेसम्म जनताको आदेश पालना गरिरहेको छु । अवसर पाएमा कर्णाली प्रदेशको नेतृत्व गर्न सक्छु । 

नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मासंग गरिएको कुराकानीको सारसंक्षेप । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:४६
#अन्तर्वार्ता #राजकुमार शर्मा
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्