Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:३१:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:३१:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • जनताका जर्नादनलाई दुई शब्द
जनताका जर्नादनलाई दुई शब्द
दलबहादुर खड्का
दलबहादुर खड्का शुक्रबार, मंसिर ९, २०७९

रुकुम जिल्लाको राजनीतिक इतिहासका काल खण्डहरुको समिक्षा गर्ने हो भने जनार्दन शर्मा इतिहासका लाखौ घटनाहरु मध्ये एक फरक घटनाका ऐतिहासिक पात्रका रुपमा देखिएका छन् । झण्डै ३१ वर्ष पहिले २०४८ सालको निर्वाचनमा यिनै जर्नादन शर्मा पहिलो पटक तत्कालिन व्यवस्थापिका संसदको निर्वाचनमा नेपाली कांग्रेसका नेता गोपाल जी जंग शाहसंग प्रतिश्पर्धा गरि थोरै मात्र मतले पराजित भएका थिए । तत्कालिन समयमा झण्डै दुई हजार मत गणना बाँकि रहदा एक हजार दुई सय मतले जर्नादन शर्मा अगाडी रहेका थिए । राती खलंगामा बत्ति निभ्यो । बत्ति निभ्दा उनि आफ्नै घरमा बसेका थिए । बत्ति निभेपछि उनका बुवा स्कन्द शर्माले भनेका थिए तैले चुनाब हारिस जेठा । साच्चै भोली पल्ट बिहान मत गणना सम्पन्न हुँदा उनले झण्डै चार सय मतले पराजित भएको निर्वाचन आयोगको पुष्टि थियो । आज ३१ वर्ष पछि राजनीतिक जीवनको पहिलो निर्वाचनका प्रतिष्पर्धी गोपालजी जंग शाहको १ भोट सहित कुल जम्मा ३९ हजार ५ सय ४९ मत पाएर निकतम प्रतिद्धन्दि भन्दा तीन गुणा वढि मत र नेकपा माओवादी केन्द्रको राष्ट्रिय स्तरमै बढि मतान्तरमा विजयी हुने उम्मेदवारको रुपमा आफुलाई स्थापित गरेका छन् । गोपालजी जंग शाहको १ भोट मात्र होइन उनि निकट धेरै कांग्रेसजनहरु र अन्य फरक पार्टिमा विश्वास गर्ने धेरै रुकुमेलीहरुले उनलाई विश्वासका साथ मत दिएका छन् । पार्टि भित्र र राष्ट्रिय राजनीतिमा समेत फरक छवि बनाएका जनार्दन शर्मा जनयुद्धका कुशल कमाण्डर मानिन्छन भने शान्ति प्रक्रिया पछि नेपालमा भएका संविधान सभा निर्वाचन एवं प्रतिनिधि सभा सदस्य निर्वाचनहरु सवैमा तत्कालिन रुकुम क्षेत्र नंं. २ र हालको रुकुम पश्चिमवाट सवै निर्वाचनहरुको उम्मेदवार रहि भारी मत अन्तरले विजय हुदै शान्ति मन्त्री, उर्जा मन्त्री, गृह मन्त्री भई हाल अर्थ मन्त्री छन् । 

विगत जनयुद्धका समयमा सशस्त्र युद्ध एवं आक्रमण र भिडन्तका तमाम घटनाहरुमा जितको सम्भावना नरहेका क्षेत्रहरुमा असम्भवलाई सम्झव बनाउदै शानदार जित सहित जनमुक्ति सेनाको उच्च मनोबल कायम गराउदै नेकपा माओवादी भित्र निकै फरक छवि स्थापित गरेका थिए । त्यो बेलाको समयमा उनको व्यक्तिगत स्वभाव निकै कडा, आक्रामक, निडर मात्र होईन निकै निरङकुश छन भनेर पनि आलोचना हुने गरेको पाईन्छ । विरोधीहरुप्रति निकै आक्रामक, निरपेक्ष, छिटो निर्णय गर्ने र गलत निर्णय भयो भने पनि निर्णयहरुलाई सही तरिकाले नै कार्यान्वयन गर्नुपर्छ भन्ने दृष्टिकोणमा जनार्दन शर्मा रहन्छन भन्ने प्रसंसा र आलोचना दुवै हुने गरेको पाईन्थ्यो । आज तीन दशकपछि जर्नादनलाई समिक्षा गर्ने हो भने उनि उतिकै फुर्तिला छन्, जुझारु, साहसी छन् भने उनिमा सालिनता, सरलताको विकाससंगै विरोधीहरुप्रतिको दृष्टिकोणमा समेत परिर्वतन भएको बुझाई छ । राज्य संचालनका बखत आफ्नो कार्यकाल भरी उनिवाट कुनै पनि पार्टिका समर्थक प्रति उनको पुर्वाग्रह रहेन र सवैको साझा नेताको रुपमा काम गरेको बुझिन्छ । विरोधीहरुलाई पनि सजिलै आफ्नो बनाउन सक्ने कलाको समेत विकास भएको देखिन्छ । हिजोको प्रभाकर र आजका जनार्दन शर्मा विच निकै फरक रहेको, हिजो माओवादीको नेता भएको र आज आम नेपाली जनताको नेता रहेको मान्छेहरुको बुझाई देखिन्छ । यसैको नमुना हो यस पटकको रुकुमको निर्वाचन । 

२०४६ देखि २०६३ सम्म लगभग १७ वर्षमा गोपालजी जंग शाहले निकै ठूलो मेहनत गरेको भएता पनि राष्ट्रिय राजनीतिमा उनको पहुँच पुग्न नसकेपछि रुकुमको विकास निर्माण निकै सुस्त भएको देखिन्थ्यो ।

हरेक सार्वजनिक भाषणहरुमा कटाक्ष सहित मन्तव्य राख्ने र एक अर्काका पुराना दुष्मनिका कहानी सुनाउदै हिडने जनार्दन शर्मा र गोपालजी जंग शाह यस पटक तीन दशक पछि एउटै मञ्चवाट एक आपसमा सौहाद्धपुर्वक मितेरी दुई दाजुभाई जस्तै सहकार्य र समर्थनमा निर्वाचन सम्पन्न गरेका छन् । एउटा नयाँ राजनैतिक संस्कारको विकास गर्दै जर्नादन शर्मामा विकास भएको एक प्रकारको जिम्मेवारीपना, अभिभावकत्व र उच्च राजनीतिक चेतना, विलक्षण क्षमतावाट कतै न कतै जनार्दन प्रति गोपालजी जंग शाह प्रभावित भएको र उनिमा पनि सोही प्रकारको उच्च राजनीतिक चेतनाको विकास भएका कारण आज रुकुमेली जनताले साच्चै जनताका जर्नादनको रुपमा लिएको देखिन्छ । यसपटकको रुकुमेली जनताहरुको यो पुस्ता निकै भाग्यमानी भयो । जनार्दन जस्तो राष्ट्रिय व्यक्तित्वलाई साझा उम्मेदवार बनाउन सक्यो । यति मात्र होइन जर्नादन र गोपालजी ले रुकुम जिल्लामा ३ दशक पछि एउटा नयाँ इतिहास रचे र उनिहरु पनि सायद लाखौंमा एक भाग्यमानी रचनाकार हुन जस्तो आभाष भएको छ । अर्कोतिर गोपालजी जंग शाह प्रति पनि कतै न कतै रुकुमको राजनीतिक जीवनका निकै पाका, जुझारु हस्तीप्रति सहानुभूति देखिन्छ । देशमा चलिरहेको राजनीतिक पार्टिहरु प्रतिको विचलन, अविश्वास र वितृष्णाका कारण स्वतन्त्रका नाममा निकै ठुलो तप्काले आफ्नो मत प्रकट गरिरहेको सन्दर्भमा रुकुमेली जनताले भने जनार्दन शर्मावाटै अवको राष्ट्रिय राजनीतिमा विकल्प खोजेको देखिन्छ । नयाँ सोच, नयाँ तरिका र नयाँ योजनावाट राष्ट्रिय समृद्धि सहित निकै ठूलो मात्रामा स्वरोजगारी र रोजगारको योजना बोकेका जनार्दन शर्मावाट रुकुमेली जनताले मात्र होईन राष्ट्रिय राजनीतिमै निकै ठूलो आशा बोकिरहेको बेला पार्टी भित्र, पार्टी बाहिर र छिमेकी देशहरुले कतै न कतै डाहा गरिरहेको सन्दर्भमा उनलाई चुनौतिको भारी पनि कम छैन । 

यस अवधिमा रुकुममा नेकपा माओवादी केन्द्र र जनार्दन शर्माको नेतृत्वमा रुकुमका दुवै एयरपोर्ट पिच गर्ने देखि रुकुम पश्चिममा मात्र लगभग १६४५ किलोमिटर मोटर बाटोको ट्रयाक खोली स्तरउन्नति गर्ने काम भएको छ ।

यस पटक नेपालको राजनीतिमा आएको अभिमत निकै चलाएमान रहेको र दक्षिण तिरका छिमेकीले चाहेको जस्तो गरि जनमत आएकोले नेपालको राजनीतिक अवस्था निकै तरल रहने एवं देश फेरि अशान्ति, अक्रमण्यता संगै मध्यावति निर्वाचन तिर जाने खतरातिर अगाडी वढिरहेको अवस्थालाई जनार्दन शर्माका केही पहल कदमीवाट पनि यो राष्ट्र खतरावाट बच्न सक्छ भन्ने तप्का पनि रहेको देखिन्छ । यति ठुलो राजनीतिक ओज सहित विजय भएका जनार्दन शर्मासंग रुकुमेली जनताका गुणासा पनि कम त छैनन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलो निर्वाचनबाट निर्वाचित भएका गोपालजी जंग शाहको पहलमा रुकुम सल्लेमा थप एउटा एयरपोर्ट बनेपछि उनकै पहलमा सल्यान देखि रुकुमसम्म आउने मोटरवाटोको ट्रयाक ओपन भएको हो । २०४६ देखि २०६३ सम्म लगभग १७ वर्षमा गोपालजी जंग शाहले निकै ठूलो मेहनत गरेको भएता पनि राष्ट्रिय राजनीतिमा उनको पहुँच पुग्न नसकेपछि रुकुमको विकास निर्माण निकै सुस्त भएको देखिन्थ्यो । शान्ति प्रक्रिया शुरु भएपछि आजको मिति सम्ममा लगभग १५ वर्षमा रुकुमको शाषण जनार्दन शर्माको हातमा रह्यो । यस अवधिमा रुकुममा नेकपा माओवादी केन्द्र र जनार्दन शर्माको नेतृत्वमा रुकुमका दुवै एयरपोर्ट पिच गर्ने देखि रुकुम पश्चिममा मात्र लगभग १६४५ किलोमिटर मोटर बाटोको ट्रयाक खोली स्तरउन्नति गर्ने काम भएको छ । तत्कालिन रुकुम जिल्लाको मोटरबाटो निर्माणका लागि रुकुमका विकट गा.वि.स.हरुमा हेलिकोप्टरवाट डोजर लिएर बाटो खन्ने कामको सुरुवात पनि भएकै हो । विभिन्न बजार क्षेत्रका साना ठूला सडकहरु बाटो पिच गर्ने काम पनि भएका छन् । 

मध्ये पहाडी लोकमार्गलाई रुकुम पूर्व, पश्चिम जिल्लाको अधिकांश भू–भागमा घुमाउने एउटा युगान्तकारी काम पनि जनार्दनवाट भयो । यो योजना भविष्यमा रुकुमको एउटा महत्वपुर्ण करिडोर र कोशेढुङ्गा हुने छ । सयौं मोटरेवल पुल निर्माण, सयौं झोलुङ्गे पुल निर्माण, हजारौको संख्यामा विद्यालय भवन, सामुदायिक भवन र सरकारी भवनहरुको निर्माण भएका छन् । गाउँ गाउँमा विजुली पुगेको छ । ४४६ वटा खानेपानी आयोजनाहरु संचालन, २३६ सिंचाई नहरको योजना संचालनमा छन् । १९९३ खरका छाना विस्थापित भएका छन । जनता आवास कार्यक्रमको संचालन गरि १९४ घरहरुको निर्माण भएका छन् । साना ठूला खेलमैदान, पार्क, मन्दीर, चर्च, स्वास्थ्य चौकी, महिला भवन, सहकारी भवन आदिहरुको पनि लेखाजोखा छैन । साना स्थानीय हाइड्रो पावरहरु, स्थानीय ग्रामिण सडकहरु लगाएतका धेरै योजनाहरुको लेखाजोखा भएको छैन । जिल्लाका स्थापित अस्पतालहरुको पुर्वाधार विकासमा करोडांै बजेट विनियोजन भएको छ । शान्ति पुनस्र्थापना देखि नेपालमा रहेको १८ घण्टा लोडसेडिङको अन्त्य गरि देशले बेच्न मिल्ने गरि उर्जा उत्पादन सम्मको नेतृत्व मात्र होईन गृह प्रशासनको सुधार र निर्यातमुखी अर्थनीति समेत ल्याउन सफल जर्नादन शर्मा कतै न कतै विरोधी र विदेशीहरुका लागि ठाउको दुखाई बनिरहेको अवस्था देखिन्छ । 

यो अभियानमा उनका सहकर्मी प्रदेश सभा सदस्य राजकुमार शर्मा र महेन्द्र के.सी.ले इटा थप्ने काम गर्ने छन् । निकै क्रान्तिकारी, कडा स्वभावका, महत्वाकांक्षी, दुरदर्शि योजना बनाउने नेताको रुपमा राजकुमार शर्मालाई लिईन्छ भने निकै सरल, मिजासिला र सुक्ष्म ढंगले योजना कार्यान्वयन गर्न प्रतिवद्ध रहने महेन्द्र के.सी. दुवै जनार्दन शर्माका पिलर हुन ।

यता रुकुममा भने केही प्रक्रियामा रहेका मोटरेवल पुलहरु, लामा दुरीको झोलुङ्गे पुलहरु, ठूला सिंचाई नहरहरु, जिल्लाका सामरिक महत्वका महत्वाकांक्षी केही योजनाहरु ठेकेदार कम्पनीहरुले सम्झौता गरि बर्षौं देखि काम नगरिरहेको, लापर्वाही गरिरहेको र टेन्डर प्रक्रियामा अनियमितता भएको अवस्थाले जनताले जर्नादन प्रति व्यङ्ग्य पनि गरिरहेका छन भने कार्यकर्तामा एक प्रकारको असन्तुष्टि पनि चुलिएको छ । सयौं साना ठूला उद्योगहरु, कृषि सहकारी उद्योगहरु आदि स्थापना भएता पनि खासै सदुपयोग र व्यवस्थित गरि उत्पादनमुखी नरहेकोले यसको गाली र असन्तुष्टि पनि जर्नादनमै पोखिएको अवस्था छ । जनार्दनले आफ्नो राष्ट्रिय छवि र पहुँचवाट रुकुम पश्चिममा जे पठाएका छन् त्यसको केही प्रतिशत दुरुपयोग भएको र स्थानीय स्तरमा व्यवस्थापनको अभाव भएको भन्ने गुनासाहरु पनि कम छैनन् । यस कुरामा जनार्दनको दोष होला या नहोला तर यसको व्यवस्थापन पनि जनार्दनवाटै खोजिरहेको अवस्था देखिन्छ । अन्तत् जर्नादन शर्माको यस पटकको जितले रुकुमको थप कायापलटको योजना बन्ने अपेक्षा लिइएको छ । यो अभियानमा उनका सहकर्मी प्रदेश सभा सदस्य राजकुमार शर्मा र महेन्द्र के.सी.ले इटा थप्ने काम गर्ने छन् । निकै क्रान्तिकारी, कडा स्वभावका, महत्वाकांक्षी, दुरदर्शि योजना बनाउने नेताको रुपमा राजकुमार शर्मालाई लिईन्छ भने निकै सरल, मिजासिला र सुक्ष्म ढंगले योजना कार्यान्वयन गर्न प्रतिवद्ध रहने महेन्द्र के.सी. दुवै जनार्दन शर्माका पिलर हुन । यि तिनै जना हस्तीहरुसंग कतै न कतै रुकुम कांग्रेसका स्थापित नेता गोपालजी जंग शाहको पनि इटा थपिने विश्वास छ ।   

यसपटकको राजनीतिक संस्कारलाई स्थापीत गर्दै गोपालजि जंग शाहको व्यवस्थापन र सो व्यवस्थापनवाट रुकुमले समृद्धिमा इटा थप्ने गरि पहुँचको विकास गरि थप लाभ लिने परिस्थितिको सृजना होस भन्ने अपेक्षा छ । यसमा जर्नादनको सहयोग, पहल र इमान्दारिताको रुकुमेली जनताले विश्वास गरिरहेका छन । रुकुमका केही व्यक्ति बाहेक लगभग ९० प्रतिशत मनहरुले जनार्दन शर्मालाई आफ्नो आस्था, भरोषाका केन्द्र, भाग्य र भविष्यका निर्णायक एक कमाण्डरको रुपमा देखेका छन । रुकुमको विकास, समृद्धि र समाज रुपान्तरणका नायकवाट पक्कै पनि रुकुमेली जनताको साथमा रहन, हरेक सुख दुखमा साथ दिन, अपुरा योजनाहरुको कार्यान्वयन र अनुगमन नियमन गर्न, व्यवस्थापन नभएका योजनाहरुको व्यवस्थापनको पहल गर्न गरिएको अपिललाई सकारात्मकरुपमा बुझेर यो कार्यकालमा थप जनताहरुको मन जितुन र राष्ट्रका लागि पनि थप कामहरु गरेर रुकुमलाई जनयुद्धको इतिहासमा जसरी आधार इलाकाको छवि बनाएका थिए आज संघिय लोकतान्त्रिक गणतन्त्रका बेला पनि नयाँ पहिचान सहितको समृद्ध रुकुमको पहिचान हुने गरि काम गर्ने छन् भन्ने अपेक्षा गर्दछन । रुकुमेली जनताको मनोभावना अनुसार काम नगरेमा हाम्रो खवरदारी रहि रहने छ । खवरदारीलाई सहजताका साथ बुझि राष्ट्र निर्माणका लागि जर्नादन, राजकुमार र महेन्द्रको निकै ठूलो जिम्मेवारी रहोस भन्ने अपेक्षा रहेको छ । 

यस पटकको विरासतलाई आउदो निर्वाचनमा कामय राख्न सक्ने कि नसक्ने ? चुनौतिको पहाड तिर अवलोकन गर्दै यो कार्यकाल वितोस हाम्रो शुभकामना छ । नयाँ राजनीतिक संस्कारको विकास गर्ने प्रक्रियाका अर्का अभियन्ता गोपालजी जंग शाह प्रति सम्मान छ र उनि प्रति रुकुमेली मनहरु आभारी छन् । केही अवचेतन मनहरुको विरोध र तमासाको वास्ता नगरी रुकुमको विकास, समृद्धि र सामाजिक रुपान्तरणमा जनार्दनलाई साथ दिइरहन अनुरोध छ । सानदार जितको लागि जनार्दन शर्मा प्रभाकर, राजकुमार शर्मा आर्ट, महेन्द्र के.सी. पारसमणी र गोपालजी जंग शाह समेतलाई हार्दिक बधाई तथा शुभकामना । रुकुमेली जनताप्रति आभार ।


 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:३३
#विचार/व्लक #विचार #दलबहादुर खड्का
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्