Kakhara सबैको खबर सम्पूर्ण खबर
तकसेरा स्वास्थ्य चौकीलाई आधारभुत अस्पतालमा स्तराेन्नति गरिदै

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले तकसेरा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तराेन्नति गर्ने भएको छ । शुक्रबार बसेको गाउँकार्यपालिका बैठकले स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तराेन्नति गर्ने निर्णय गरेको हो । गाउँपालिकाबाट आवश्यक व्यवस्थापन हुने गरि आधारभूत अस्पताल बनाउने निर्णय भएको छ ।

आधारभुत अस्पताल ५ शैयाको हुने छ । जसमा ३ वेड इमरजेन्सी र अन्य २ वेड प्रसुति सेवाका लागि हुने गरि अस्पताल निर्माण गरिने छ । उक्त स्वास्थ्य संस्थाको नाम तकसेरा आधारभूत अस्पताल राखिने गाउँपालिकाले जनाएको छ । अस्पतालबाट ओपिडि सेवा, इमरजेन्सी, ल्याव, एक्सरे, यूएसजी, प्रसुति लगायत सेवा दिइने छ । 

त्यस्तै नेपाल सरकार, स्वास्थ्य वीमा बोर्डलाई स्वास्थ्य वीमा सेवाको लागि आग्रह गर्ने निर्णय पनि भएको छ । यसका साथै गाउँपालिकामा अपाङ्ग परिचयपत्र वितरण तथा नविकरण गर्भवती चेकजाच शिबिर संचालन गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update