Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा जिल्ला स्तरीय वास सम्बन्धी तीन दिने तालिम सुरु 
जिल्ला स्तरीय वास सम्बन्धी तालिमको उद््घाटन कार्यक्रम । तस्बिरः कखरा । 

रुकुम पूर्व सिस्ने गाउँपालिका–६ रुकुमकोटमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता (वास) सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । मंगलबार देखि सुरु गरिएको जिल्ला स्तरीय वास सम्बन्धी तालिम बिहीबार सम्म सञ्चालन हुने छ । 

संयुक्त संघीय बालकोष (युनिसेफ) नेपालको आर्थिक तथा रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको प्राविधिक सहयोगमा जिल्लाको विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई आपतकालिन समयमा वास सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ । 

विपद् सम्बन्धी घटना आकस्मिक रूपमा हुने गरेको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुुँदै प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो । कुनै–कुनै घटना आकस्मिक हुने गरेको छ भने कुनै घटना पूर्व प्रतिकार्य योजनाका कमी कमजोरीले पनि हुने गरेको श्रेष्ठले बताउनुभयो । घटना भइ हालेमा पनि उक्त घटनालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भने कुरा तालिमबाट थप ज्ञान प्रदान हुने श्रेष्ठको भनाइ रहेको छ । विपद् न्यूनिकरणका लागि पूर्व प्रतिकार्य योजना निर्माणमा यस तालिमले महत्त्व राख्ने समेत प्रमुख श्रेष्ठले बताउनुभयो । 


हाल सम्म भइरहेका विपद् न्यूनिकरणका काममा यस तालिमले थप सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तुलाराज सुनुवारले बताउनुभयो । तालिमबाट जिल्लामा हुन सक्ने सम्भावित घटनालाई रोक्न सकिने नविनतम् योजना निर्माणमा सघाउ पुग्ने प्रजिअ सुनुवारले विश्वास व्यक्त गर्नु भएको छ । 

तालिममा जिल्लाका तीन वटै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिनधि, जिल्ला स्थित संघ–ंसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update