Top Navigation
शनिबार, माघ २१, २०७९ १२:२९:२४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:२९:२४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
समाज
  • Home
  • समाज
  • वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु, विद्यालय अनुमगन  
वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु, विद्यालय अनुमगन  
परिचन्द्र खत्री
परिचन्द्र खत्री सोमबार, माघ ९, २०७९
माया बेकरी माया बेकरी
विद्यालय अनुगमन गर्दै । तस्बिरः परिचन्द्र खत्री । 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु गरेको छ । नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा शैक्षिक सुधारको लागि योजना बनाएको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । 

नगरपालिकाले सोमबार आज देखि विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी लिन विद्यालय अनुगमन सुरु गरेको छ । विद्यालयमै पुगेर विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाको बारेमा जानकारी लिनको लागि सोमबार आजबाट विद्यालय अनुगमनको काम सुरु भएको सामाजिक विकास समिति संयोजक एक्केबहादुर पाण्डेले जानकारी दिनुभयो । 

अनुगमनको क्रममा विद्यालयमा देखिएका समस्या, विद्यर्थीका कुरा, शिक्षकका समस्या र अनुभव लगायत कुरा टिपोट गरिएको छ । त्यस्तै विद्यालयको भौतिक अवस्था, विद्यालय प्रति अभिभावकको भुमिका लगायत विषयमा पनि विद्यालयमै पुगेर छलफल हुने गरेको छ । सोमबार वडा नम्वर ७ र  ८ का तीन वटा विद्यालयमा पुगेको संयोजक पाण्डेले जानकारी दिनुभयो । 

वडा नम्वर ८ को सरस्वति आधारभूत विद्यालय तिरसिङ, शाइकुमारी प्राथामिक विद्यालय क्वाम्मा र वडा नम्वर ७ को सुर्यदय आधारभूत विद्यालय ग्वाम्माखोलाको विद्यालयको अनुगमन गरिएको छ । विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको र नगरपालिकाका सबै विद्यालयहरूको अनुगमन पछि विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिने नगर शिक्षा समिति सदस्य समिरजंग मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामाजिक विकास समिति संयोजक पाण्डेको संयोजकत्वमा अनुगमन समितिनै निर्माण गरिएको छ । जसको सदस्यमा नगर शिक्षा समिति सदस्य समिरिजंग मल्ल, समाजिक विकास समिति सदस्य गोविन्द बुढा रहनुभएको छ । यो समितिले विद्यालय अुनगमन पछि १५ दिन भित्र प्रतिवेदन तयार पारी प्रस्तुत गर्नेछ ।

मुसिकाेट नगरपालिका

प्रतिवेदनको आधारमा शैक्षिक सुधारको पक्षमा विभिन्न काम गर्ने नगरपालिकाको योजना रहेको छ । प्रतिवेदनमा समेटिएको विषयमा वृहत छलफल गर्दै विद्यालय शैक्षिक सुधारको लागि काम गर्ने नगरपालिकाले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १७:५७
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्