आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर २ को साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक (अपरेटर) घाइते भएका छन् । वडा नम्बर २ को साजेबगर देखि पहाडागाउँ हुँदै काँडादह जोड्ने सडक निर्माणका क्रममा सडक भासिएर हुन्डाइको स्काभेटर पल्टिएको हो ।
डोजर पल्टिदा चालक सरोज थारु घाइते हुनुभएको हो । उहाँको अहिले आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको सडक निर्माणसंग जोडिनुभएका गोपाल ऐरीले जानकारी दिनुभयो । चालक थारुको टाउँको, घाँटी, कान लगायतका शरीरका विभिन्न अंगमा चोट लागेको उहाँले बताउनुभयो ।
चालकको अवस्था भने सामान्य रहेको बताइएको छ । डोजर सडकबाट करिब डेढसय मिटर तल खसेको छ । चालक थारु पनि डोजर संगै डेढसय मिटर तल नै खस्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ ११:३२
प्रतिक्रिया दिनुहोस्