Kakhara सबैको खबर सम्पूर्ण खबर
कुष्ठरोगका बारेमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण, बिरामीलाई फलफूल वितरण 
जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ।

७० औं विश्व कुष्ठरोग दिवस रुकुम पश्चिममा पनि आज मनाइएको छ । दिवसका अवसरमा आज जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोगको उपचार सम्बन्धि अभिमुखिकरण गरिएको छ । उपचारमा सहज होस भनेर स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग सम्बन्धि अभिमुखिकरण गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

साथै दिवसको अवसरमा जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल समेत वितरण गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काका अनुसार अस्पतालमा भर्ना भएर उपचाररत २५ जना बिरामीहरुलाई विभिन्न प्रकारका फलफूल वितरण गरिएको हो ।

त्यस्तै दिवसका अवसरमा कुष्ठरोग सम्बन्धि विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिएको उहाँले बताउनुभयो । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update