Top Navigation
आइतबार, असोज ७, २०८० ०४:०८:१६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:०८:१६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • सहिद दिवसमा मुसिकाेट १० मा खुला कविता प्रतियाेगिता संचालन
सहिद दिवसमा मुसिकाेट १० मा खुला कविता प्रतियाेगिता संचालन
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, माघ १७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
विजयी प्रतियोगिलाई पुरस्कार विरतरण गर्दै वडाध्यक्ष धनबहादुर खड्का र राप्ती साहित्य परिषदका अध्यक्ष मनलाल ओली ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको नियमित मासिक कार्यक्रम अन्तर्गत सहिद दिवसको विशेष अवसरमा रुकुम साहित्यमालाको १०१ औंं श्रृंखला सम्पन्न भएको छ । श्रृंखला अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर १० मा खुला कविता प्रतियोगिता सम्पन्न भएको हो । वडा कार्यालयको व्यवस्थापनमा वडाको सहिद पार्क खर्सुपानीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दर्जनबढी स्रष्टाहरुले शहिद विशेष रचना प्रस्तुत गरेका थिए । रचना वाचन गर्नेहरूमा निर्मला बोहरा, सिर्जन विष्ट, पुष्पकमल खड्का, बीना कठायत, सीता ओली, चन्द्रप्रकाश विष्ट, शिखर बुढा, राजेश बिसी, रिमबहादुर ओली, बहादुर बुढा, जयराम ओली, एक्कबहादुर केसी, दामोदर बुढा, धनेन्द्र रोका, मुकुन्दप्रसाद शर्मा लगायत रहनुभएको थियो । 

प्रतियोगितामा बिना कठायत प्रथम, राजेश बिसी द्धितिय, सिर्जन विष्ट तृतिय र शिखर बुढा शान्त्वना हुनुभएको छ । प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई क्रमशः १५ सय, १२ सय, १ हजार र ५ सय नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको छ । साथै अन्य सहभागीहरूलाई प्रोत्साहन स्वरुप जनही नगर २ सय प्रदान गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार तथा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्दप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य मीना बि.क. र मुसिकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष धनबहादुर खड्काको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सदस्य साहित्यकार एक्कबहादुर केसी, नेकपा माओवादी केन्द्र १० नम्बर वडा अध्यक्ष जीवन खड्का, मुसिकोट नगरपालिका वडा नं. १० का सदस्य अनिराम कठायत, मालिका मावि चुनका प्रधानाध्यापक खडकसिंह कठायत, जनता आआधारभूत विद्यालय गलमपाटीका प्रअ चुडामणी रोका, शान्ति नमूना आधारभूत विद्यालय डेल्डाँडाका प्रअ सीता खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । मुसिकोट नगरपालिका वडा नं. १० का सदस्य बुद्धिप्रकाश खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मालिका माविका शिक्षक धनेन्द्र रोकाले गर्नुभएको थियो ।।
 


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:३७
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्