Top Navigation
आइतबार, असोज ७, २०८० ०४:४१:०५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:४१:०५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • टाेपबहादुरलाई हराउँदै सिम्रुतु क्याम्पसको अध्यक्षमा चन्द्रबहादुर निर्वाचित
टाेपबहादुरलाई हराउँदै सिम्रुतु क्याम्पसको अध्यक्षमा चन्द्रबहादुर निर्वाचित
कुबेर ओली
कुबेर ओली आइतबार, माघ २२, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
नव निर्वाचित अध्यक्ष खड्का ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पस संचालक समितिको अध्यक्षमा चन्द्रबहादुर खड्का निर्वाचित हुनुभएको छ । अर्का उम्मेद्वार टोपबहादुर चन्दलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । कुल १०४ जना क्याम्पस सभा सदस्य मध्ये ९० जना मतदानमा सहभागी भएका थिए । कुल खसेको ९० मध्ये ६१ मत सदर र २९  मत बदर रहेको थियो । जसमध्ये खड्काले ३८ मत प्राप्त गर्नुभयाे ।

उहाँका प्रतिस्पर्धि चन्दले २३ मत प्राप्त गर्नुभयाे । १५ मतान्तरले खड्का निर्वाचित हुनुभयाे । खड्का त्रिवेणी ४ निवासी हुनुहुन्छ । उहाँ वडा नम्बर ४ काे निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएकाे हाे । अन्य पदमा भने निर्विराेध भएकाे छ ।

क्याम्पस संचालक समितिको उपाध्यक्षमा त्रिवेणी २ का शोभाराम बोहरा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा त्रिवेणी ५ का रणबहादुर पुन, त्रिवेणी ६ की निर्मला बिष्ट खड्का, त्रिवेणी  १ का लक्ष्मन ओली, त्रिवेणी १ का दिलिपकुमार देवकोटा, त्रिवेणी ८ का लक्ष्मन कामी र त्रिवेणी १० का शेरबहादुर खड्का निर्विरोध निर्बाचित हुनुभएको निर्वाचन समिति संयोजक ओमप्रकाश बिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार दिउसो ४:३० बजे देखी मतदान कार्य प्रारम्भ भइ बेलुकी ६ बजे सम्पन्न भएको हो । लगत्तै मतगणना कार्य सुरु गरी बेलुकी ८:३० बजे मतगणना सम्पन्न भएको हो । आज निर्वाचन परिणाम  घोषणा गरिएको र निर्वाचित पदाधिकारी तथा सदस्यहरूकाे सपथ तथा प्रमाण पत्र वितरण भने सोमबार बिहान ८ बजे गरिने संयोजक बिसीले बताउनुभयो ।

शुक्रबार सुरु भएको क्याम्पसको चौंथो साधारण सभामा आर्थिक प्रतिवेदन संगै क्याम्पसको भौतिक अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । आज नयाँ संचालक समिति चयन गर्दै सभा सम्पन्न भएको  क्याम्पस प्रमुख सुर्यविक्रम खड्काले बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २२:१२
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्