
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ काँक्री र वडा नम्बर ३ सिमामा ५ वर्ष मुनिका बालबालिकालाई पौष्टिक आहार सहयोग गरिएको छ । सोमबार एक कार्यक्रमका बिच ५ बर्ष मुनिका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको हो ।
टि.डि.एच. बि.एम.जेट जर्मनीको आर्थीक सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्धारा भूमे गाउँपालिकको वडा नम्बर २ र ३ मा संचालित खाद्य सुरक्षा तथा वातावरण मैत्री उद्यम प्रवद्र्धन परियोजना अन्तर्गत ५ वर्ष मुनिका शारीरिक रुपमा कमजोर ८३ जना बालबालिकालाई एक क्यारेट अण्डा, एक लिटर खाने तेल, पाँच पिस नुहाउने साबुन, एक के.जि. हरलिक्स र तीन के.जि सर्वोत्तम पिटो लगायतका पौष्टिक आहारा वितरण हो ।
परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालका अनुसार वडा नम्बर २ को काँक्री स्वास्थ्य चौकी र मोरावाङ स्वास्थ्य चौकीको सिफारिसमा बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । बालबालिकाको पोषण स्थितिमा सुधार गर्न पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो । पोषणको अभावमा शारीरिक तथा मानसिक बृद्धि विकासमा बाधा पुग्ने भएकोले आवश्यक पोषण तत्व प्राप्तीका लागि पौष्टिक आहारा दिएको उहाँको भनाई छ ।
आफ्नै करेसाबारीमा अर्गानिक खेति गर्न प्रेरेरित गर्ने र बजारमा पाइने पत्रु खानाको प्रयोगबाट जोगाउने पनि उदे्श्य रहेको अर्यालले बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य विष्णु रोकाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नारायण पुन, वडा नम्बर ३ का सदस्य निमकुमारी सुनार लगायको उपस्थिति रहेको थियो ।