Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:३३:०९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:३३:०९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • दिवस भन्दा छाक टार्न काम प्यारो 
दिवस भन्दा छाक टार्न काम प्यारो 
बलेन्द्र ओली
बलेन्द्र ओली बिहीबार, फागुन २५, २०७९

सायद नारी दिवस नमनाउने कमै नारी होलान । रुकुम पश्चिममा पनि बुधबार यस्तै दृश्य देखिएको छ । एकातिर नारी दिवसको धुमधाम कार्यक्रम त एकातिर काम प्यारो । धेरैलाई नारी दिवस लाग्यो । तर छाक टार्नको लागि काम गर्ने नारीलाई भने दिवसले छुन सकेन । यो त जिल्ला सदरमुकाममा  देखिएको घटना हो । गाउँ घरमा झन् सायद धेरै नारीहरुलाई दिवसले छुन सकेन होला । महिला दिदीबहिनी जम्मा भएर खलंगाको बालमन्दिर प्रांगणमा नारी दिवसको अवसरमा नाच गान र शुभकामना साटासाट गरिरहेका थिए । नजिकै रहेको कालिकास्थानमा भने केही महिलाहरु कामको चटारोमा थिए । केही पुरुष संगै २ महिला सडक निर्माणको काममा व्यस्त थिए । दुरिले हिडेर १ मिनेट समय पनि नलाग्ने बालमन्दिरमा भएको तामझामले उनीहरुलाई छुन सकेन । 

दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी महिलाहरु उठ जुटाैं नारी हो एक जुट हौं भनी रहेका थिए । यता सडक निर्माणमा जुट्नु भएकी मुसीकोट नगरपालिका १० चौखावाङकी टीका कँवरलाई भने नारी दिवस र दिवसमा लागेका नारा भन्दा पनि काम प्यारो थियो । ‘दिवसले के दिन्छ हुने खानेलाई पो नारी दिवस, हुँदा खाने काम गरेर छाक टार्ने हामीलाई त कामै प्यारो हो । काम नगरे त कहाँ खान मिल्छ र कँवर भन्नुभयो ।’ उहाँ संगै सडक निर्माणको काम गरिरहनुभएकी मुसीकोट १ की गीता सार्कीलाई पनि नारी दिवसले छुन सकेन । नजिकै नाच गान चलिरहेको थियो, उहाँको मन अडिएको छैन, नाच गान्न चलिरहेको ठाउँ तिर जान मन त छ, साथीले जाउ भन्दा पनि मन अमिलो बनाएर जान्न काम गरिरहेको छु, भन्नु पर्यो ।

332562246_222609710301292_9176971369343179394_n1678348948.jpg 
‘नाच गान हेर्न जाने हो भने त साँझ के खानु ठेला गाडामा बेल्चाले वालुवा राख्दै उहाँले भन्नुभयो, यो त मेरो नियमित काम हो, बरु नियमित  काम नपाउदा चिन्ता हुन्छ ।’ रमाइलोले मात्रैले जीवन कहाँ चल्छ र काम नगरे त हामीलाई साझं बिहानको छाक टार्न देखि छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता हुन्छ उहाँले अघि भन्नुभयो–यो त हाम्रो नियमित कर्म हो ।

टीका र गीता त प्रतिनिधि पात्र मात्र हुन । कयौं महिलाहरुलाई बुधबार मनाइएको अन्तराष्ट्रिय महिला दिवसले छुन सकेन् । ज्याला मजदुरी गरेर परिवारको छाक टाने देखि घरको भार थामिरहेका कयौं महिलाहरुले दिवस आए गएको पत्तै पाएनन् । यस्ता दिवस तथा अभियानहरु केही टाँठाबाठा महिलाहरुका लागि मात्र हो भन्ने जस्तो भइरहेको देखिन्छ । ग्रामिण भेगका महिला र श्रमिक महिलाहरुलाई यस्ता सामाजिक अभियानहरुले छुने गरेको देखिन्न । 

332559952_219905650527010_506479658995681336_n1678348947.jpg

महाेत्सव


प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्