भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाइएको हो । सरुवासँगै रुकुम पश्चिमका दुई स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।
त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तुलसीप्रसाद उपाध्यायलाई खटाइएको छ । उपाध्याय यसअघि दैलेखको ठाटीकाँध गाउँपालिकामा कार्यरत हुनुहुन्थो । त्यस्तै बाँफिकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कम्लेस विकलाई खटाइएको छ । विक यसअघि कालिकोटको पाताला गाउँपालिकामा कार्यरत हुनुहन्थो । त्यसैगरी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, काठमाडौंमा सरुवा गरिएको मन्त्रालयको निर्णयमा उल्लेख छ । मन्त्रालयको निर्णयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा समेत फेरबदल गरेको हो ।





