रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ भलाचौर निवासी सुमन पुन मगरले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । उहाँले आफ्नो ३० औं जन्मकोत्सवको अवसरमा सल्लेमा रहेको बुद्धभूमि मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । हाल अमेरिकामा रहनुभएका पुन मगरको जन्मदिनको अवसरमा उहाँका बुवा मनवीर पुन मगर र आमा भीमकली खड्का पुन मगरले आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
करिब १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको वुवा मनविरले बताउनुभयो । उहाँका अनुसार दुई बोरा चामल, दाल, नुन, तेल, सरब र साबुनलगायतका सामग्री आश्रमलाई सहयोग गरिएको हो । जन्मदिनको अवसरमा आश्रमलाई खाद्यान्न सहयोग गरेकोमा अध्यक्ष जैसीले सुमनको प्रशंसा गर्दै उहाँको उज्ज्वल भविष्यको कामना समेत व्यक्त गर्नुभएको थियो ।
छोराको जन्मदिनको अवसरमा आश्रममा सहयोग गर्न पाउँदा आफूहरू खुसी भएको बताउँदै बुवा मनवीर र आमा भीमकलीले पनि छोराको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको दैनिक आवश्यकतामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफुले सहयोग गरेको सुमनले जानकारी बताउनुभयो । आश्रममा हाल १० जना अभिभावक बिहिन तथा बेसहारा व्यक्तिले आश्रय लिएर बसिरहेका छन ।
पछिल्लो समय खाद्यान्नको सहयोग निरन्तर आइरहेकाले निर्माणाधीन भवनलाई जस्तापाता आवस्यक रहेकाले सहयोग गर्न चाहानेले जस्तापाता सहयोग गर्न अध्यक्ष जैसीले आग्रह गर्नुभएको थियो ।





