Kakhara सबैको खबर सम्पूर्ण खबर
जिप दुर्घटना अपडेट : मृतक, घाइते सबैको पहिचान खुल्यो

आइतबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुने तथा घाइते सवैको पहिचान खुलेको छ । मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुनको रहेको जिल्ला प्रहरी कर्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । ‘‘सुरुमा घटनाको विषयमा बुझ्दा जिपमा चालकसहित सवार ११ जना भन्ने खवर प्राप्त भएपनि अन्तिम अवस्थामा घटनास्थल पुगि जाँचबुझ गर्दा चालक सहित सवार १४ जना रहेको पाइएको छ उहाँले भन्नुभयो ।’’ उहाँका अनुसार घाइते मध्य चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

जसमा सानीभेरी गाउँपालिका ६ का ३८ वर्षिय बलबहादुर पुन, सोही स्थानका १५ वर्षिय पूर्णबहादुर जैसी, ५० वर्षिया कौशिला पुन र १५ वर्षिया खिमला पुन रहनुभएको छ । अन्य घाइते सानीभेरी गाउँपालिका ६ की २० वर्षिया अन्जना पुन, सोही स्थानकी ५० बृमि खत्री, १५ वर्षिया विपिशा पुन, १५ वर्षिय विशाल विक, ९ वर्षिया शिसिर पुन, १० वर्षिय रमेश कुसारी, २० वर्षिया रिता पुन र जाजरकोट शिवालय गाउँपालिका की १७ वर्षिया ज्ञानु पुन मगरको चौरजहारी अस्पताल चौरजहरीमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।

आज बिहान करिब ८ः४५ बजे कोटगाउँबाट सिम्ली तर्फ आउँदै गरेको लु.१ च.६०२९ नम्बरको डबल क्याप बलेरो जिप वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको थियो । जिप अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ,।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update