Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी दुर्घटनाका २ जना गम्भीरलाई हेलिकप्टरबाट सुर्खेत लगियो 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा आज बिहान भएको जिप दुर्घटनाका २ जना गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । सानीभेरी गाउँपालिका अस्पतालबाट २ गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

२ जनालाई लिएर हेलिकप्टरमा पठाइएको र अझै २ जनालाई लिन हेलि आउने डिएसपी पौडेलले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिका वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरीकै सिम्ली तर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना हुँदा चालक सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । १३ जना सवार रहेकामा ४ जना गम्भीर घाइते तथा अन्य मध्यम र सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update