सानीभेरी दुर्घटनाः मृतकको पहिचान खुल्यो
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा चालक त्रिवेणी गाउँपालिकाकाे रुघाका सुन्दर खड्का मगर र सानीभेरी ६ की अन्दाजी १५, १६ वर्सिया प्रेमकला पुन रहेका छन् । दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
८ जना मध्यम देखि सामान्य घाइत रहेको डिएसपी पौडेलको भनाई छ । सानीभेरी गाउँपालिका वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरीकै सिम्ली तर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको हो । जिप सडकबाट ५० मिटर तल खसेको छ । घाइतेको उद्धार गरी थप उपचारका लागि सुर्खेत लैजानका लागि हेलिकप्टर समेत माग गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३ १०:२८
प्रतिक्रिया दिनुहोस्





