रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ सेरामा ३१ औँ राँके मेलाको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जितेकाे छ । शनिबार भएकाे फाइनलमा कास्कीको पोखरा युनाइटेडलाई पराजित गर्दै रूकुम पश्चिमले उपाधि जितेकाे हाे । रूकुम पश्चिमले ३-१ काे सेटमा फाइनल जित्याे ।
विजेता रूकुम पश्चिमले २ लाख नगद र २५ तोला चाँदीबाट बनेको शिल्ड प्राप्त गरेकाे आयोजक हिमालय शृङ्खला चौरी युवा क्लबले जनाएको छ । त्यस्तै रूकुम पश्चिमले शिल्ड कब्जा गरेकाे छ । लगातार तेस्रो पटक उपाधि हात पार्दै शिल्ड माथि कब्जा जमाएकाे हाे । यसअघिका २ संस्करण जितेको रुकुम पश्चिमले यो पटक पनि उपाधि जितेर शिल्ड सधैँका लागि कब्जा गरेकाे हाे ।
उप विजेता पाेखरा युनाइटेडले नगद १ लाख पुरस्कार पाएकाे छ । प्रतियोगितामा विभिन्न ठाउँका ९ वटा टिमकाे सहभागिता रहेकाे थियाे ।
महिला तर्फको उपाधिका लागि भने न्यु डायमन्ड काठमाडौँले जितेकाे छ । शनिबार नै भएकाे फाइनलमा निसिखोला बागलुङलाई ३-२ काे सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेकाे हाे ।
उसले नगद १ लाख पुरस्कार पाएकाे छ । भने उप विजेताले ५० हजार पुरस्कार पाएकाे आयाेजकले जनाएकाे छ । राँके मेलाको अवसरमा महिला पुरुष भलिबल सहित महिला पुरुष फुटसल, दोहोरी गीत, छेलो लगायत विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियाे ।
पुथाउत्तरगंगा गाउँपालिका यस कार्यक्रमको सह आयोजकका रूपमा रहेको छ । यहाँ हरेक वर्ष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित राँके मेला मनाउने गरिएको छ ।





-1759842583.jpg)