Top Navigation
मंगलबार, असोज १६, २०८० १२:४६:५०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:४६:५०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान   जनप्रतिनिधिका विचमा दरार !
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, चैत १३, २०७९

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका जनप्रतिनिधिका विचमा पुनः दुरि बढ्न थालेको छ । नगर उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यले नगर प्रमुख महेन्द्र केसी एकलौटी रुपमा अघि बढेको र स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुख केसी एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै ध्यानाकर्षण गराएका छन् । जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले जिल्लामा नेतृत्वदायि भूमिका खेल्नुपर्ने भएपनि मुसिकोटले जनजीविकासंग जोडिएका काम गर्न नसकेको आरोप उनिहरुले लगाएका छन् । 

‘यस पालिकामा तीन वटा विचार मान्ने पार्टीहरुको कार्यपालिका र व्यवस्थापिका रहेको कुरा सबैमा सर्वविदितै छ । बिचार, सहकार्य र सहमतिमा केही सार्वजनिक महत्वका र जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने कामहरु हामीले गर्दै आएका छौं । यद्यपी नगरपालिकाबाट हुनुपर्ने आम जनअपेक्षाका कामहरु हुन सकेका छैनन्, नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।’ 

जनअपेक्षाका कामहरुलाई सही ढङ्गले सञ्चालन गर्न सरकार प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य भएको हुँदा सरकारको मुख्य नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने उनिहरुको भनाई छ । पटक पटक सुझाव दिँदा र सतर्क बनाउँदा पनि सरकार प्रमुखको तर्फबाट कुनै चासो प्रकट नभएको उनिहरुको गुनासो छ । 

पटक पटक यसतर्फ ध्यानाकर्षण गराउँदै कार्यदल, कार्यपालिका र अनौपचारिक रुपमा भए गरेका निर्णयहरु सहमति र सहकार्यलाई बैठकमै लिखित आलोचना गराउनुका साथै सकरात्मक सुझाव दिँदा समेत सरकारका प्रमुख तहबाट जिम्मेवारी पुरा हुन नसक्दा यस्तो अवस्था सृजना भएको उनिहरुको भनाई छ । 

सरकारका कामकाजमा नगर प्रमुखबाट संस्थागत जिम्मेवारीलाई बेवास्ता गर्दै क्षेत्राधिकार भन्दा बाहिर गएर गतिविधि सञ्चालन गर्नुका साथै बाह्य तथा आन्तरिक कामकाजमा स्वेच्छाचारी ढङ्गले चलाउन खोज्दा सरकारको सेवा प्रभावमा समेत खलल पुग्ने अवस्था आइसकेको उनिहरुले बताएका छन् । 

नगर उपप्रमुख बिमलकुमार पुन र नेकपा माओवादी केन्द्रका स्थानीय तह दल नेता धिरन सिर्पालीले बुझाएको ध्यानाकर्षण पत्रमा यस्तै अवस्था रहेमा भविष्यमा स्थानीय सरकारप्रति विकराल अविश्वासको अवस्था आइपर्ने देखिएकोले उक्त अबस्था सिर्जना हुन नदिनका लागि सकरात्मक मनसायले ध्यानाकर्षण गराइएको उल्लेख छ । 

देखिएका समस्या हल गर्न तत्काल छलफल गर्न ध्यानाकर्षण गराउँदै उनिहरुले छलफलबाट समस्या समाधान नहुँदासम्म नगरपालिका र नगर कार्यपालिका मार्फत सञ्चालन हुने कुनै पनि बैठक, भेला र अन्तरक्रियामा सहभागी नहुने अडान लिएका छन् । ध्यानाकर्षण पत्रमा विभिन्न मागहरु पनि समेटिएको छ । 

नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ मा सचिव पद खाली भएता पनि पालिकामा कर्मचारी हुँदाहुँदै हालसम्म कर्मचारी खटाउन नसक्नु सरकार र सत्ताको कमजोरी रहेकाले तत्काल वडा सचिव खटाउन, कर्मचारीको परिचालन र व्यवस्थापनमा सरकार र प्रशासकको गैरजिम्मेवारी एवं चरम लापर्बाही भएकामा अव कर्मचारी परिचालन र व्यवस्थापनलाई चुस्त बनाउन माग गरिएको छ । 

नगरपालिकाभित्रका शिक्षक तथा कर्मचारी भर्नामा परिवारवाद, नातावाद, कृपावाद र राजनीतिक पक्षपात गरिएकोले तत्काल यस्तो कार्य बन्द गर्नुपर्ने, कार्यालय सञ्चालन तथा ठेक्कापट्टाका कामकाज र शिक्षक तथा कर्मचारी भर्नाका नामा अनमियतता भई नीतिगत भष्टाचार मौलाएको भन्ने जनगुनासो आएको हुँदा उक्त कार्य तत्काल बन्द गर्न पनि भनिएको छ । 

त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिम ६ महिनाभित्र नगर अधिवेशन गरि सक्नुपर्नेमा हाल ८ महिना बितिसक्दासम्म पनि अधिवेशन गर्ने कुनै मनशाय नदेखिएको र नगर कार्यपालिका बैठक कार्यविधि, शिक्षा नियमावली र शिक्षा ऐन जस्ता ऐन नियमहरु संशोधन नहुँदा कामकाजमा समस्या भएकोले तत्काल नगर अधिवेशन बोलाउन माग गरिएको छ । 

र स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिम नगर कार्यपालिका अन्तर्गतका विभिन्न विकास समितिका बैठकका निर्णय र सिफारिसबाट हुने कामकाजहरुलाई नगर प्रमुखबाट क्षेत्राधिकार मिचि कामकाज हुने गरेको हुदा उक्त कार्य तत्काल बन्द गर्नपनि माग गरिएको छ । 

336625786_779278406561404_4063015536888358961_n1679920229.jpg

328491685_1326974257856370_465552281869696113_n1679920229.jpg
नगर प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्र ।


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १८:१२
#मुसिकाेट #आराेप #स्वेच्छाचारी
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्