लक्ष्मी सनराइज बैंक रुकुम पश्चिम मुसिकोट शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्र माध्यमिक विद्यालय छिवाङ चौतारालाई एक थान डेस्कटप कम्प्युटर सहयोग गरेको छ ।
विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने तथा विद्यार्थीको सिकाइमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको हो ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक काममा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय शिक्षण-सिकाइमा प्रविधिको प्रयोग बढ्दै गएकाले कम्प्युटर सहयोगले विद्यालयलाई थप सहजता पुग्ने लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख सुधीर शाहले बताउनुभयो ।
विद्यालयलाई सामग्री सहयोग गरेकोमा विद्यालय परिवारले लक्ष्मी सनराइज बैंक मुसिकोट शाखाप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रधानाध्यापक झलक पुनले बैंकबाट प्राप्त सहयोग विद्यालयका लागि उपयोगी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।





