लामो सयम देखि सामन्त रूपमा सत्ता सञ्चालन गरेकाको अवशेषहरू जुरमुराउँदै गरेको नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठले बताउनुभयो । मंगलबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ रुकुमकोटमा आयोजित नेकपा माओवादी केन्द्रकोे जनवर्गीय संगठन नेपाल दलित मुक्ति मोर्चा सिस्ने गाउँ समितिको प्रथम सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।
‘जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको मुद्दाहरू संस्थागत हुँदै जाने क्रममा सामन्तका अवशेषहरूले असफल पार्ने कोसिस गर्दै छन्’ श्रेष्ठले भन्नुभयो -‘सामन्तका अवशेषलाई रोक्न माओवादी केन्द्रका आम नेताकार्यकर्ता एवम् पार्टीका जनवर्गीय संगठन सशक्त रुपमा प्रतिबाद गर्दै जानु पर्ने समय आएको छ ।’ यदि सामन्तका अवशेषहरूलाई रोक्न नसकेमा जनतामा जाल, झेल तथा भ्रमको खेती छर्दै माओवादी पार्टीले १० वर्षे जनयुद्धबाट लडेर प्राप्त गरेका हालका उत्पीडित जनताका हक, हित माथि प्रहार गर्दै फेरी सर्वसाधारण जनतालाई शोषण, दमन गर्दै सत्ता सञ्चालन गर्ने दाउमा उनीहरू रहेको श्रेष्ठले बताउनुभयो ।
‘जनताले लडेर ल्याएको हालको व्यवस्थालाई जनतामा विभिन्न भ्रम छर्दै छन’् श्रेष्ठले भन्नुभयो -‘यसमा हामी सबै आआफ्नो ठाउँबाट संगठित हुँदै सशक्त हुनु पर्र्ने आवश्यक रहेको छ ।’ त्यी सामन्तहरूले विगतमा जातभात, धर्म, वर्ग, समुदाय, लिङ्गका नाममा भेदभाव गरी सर्वसाधारण जनतालाई दुःख दिएको स्मरण गर्दै श्रेष्ठले त्यी सामन्तबाट मुक्ति दिएको पार्टी माओवादी हो । त्यसैले पूरा हुन नसकेका कामलाई पूरा गर्न उत्पीडनमा परेका जनतालाई रक्षा गर्दै आएको पार्टी माओवादी बाहेक अरु पार्टी छैइन्न ।

सम्मेलन आयोजक समितिका संयोजक विष्णु नेपालीको अध्यक्षतामा सम्मेलनको उद्घाटन कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिमा नेकपा माओवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज तेजबहादुर ओली, विशेष अतिथिमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको रहेको थियो भने दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जिताराम कामी, मोर्चाका जिल्ला संयोजक हर्कविर कामी, मोर्चाका प्रदेश सदस्य गणबहादुर बिक, अनेमसंघ रुकुमपूर्वका कोषाध्यक्ष आस्था बिक लगायत अन्य दलित मुक्ति मोर्चाका नेताहरुको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन बिक्रम परियारले गर्नु भएको थियो ।