Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगर अस्पताल राडीको निरीक्षण

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री माननीय मिलन खड्का रोका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्काले आठबीसकोट नगर अस्पताल राडीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा अस्पतालको सेवा प्रवाह, जनशक्ति अवस्था तथा अस्पतालले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो। अस्पताल प्रशासनले जनशक्ति अभावका कारण २४ घण्टा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको जानकारी गराएको थियो ।

सो अवसरमा मन्त्री मिलन खड्का रोकाले सीमित जनशक्तिका बिच पनि अस्पतालले सचेततापूर्वक र प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुभयो ।

अस्पतालले भोगिरहेका समस्याप्रति ध्यानाकर्षण भएको बताउँदै मन्त्री रोकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्तर-मन्त्रालय समन्वयमार्फत अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update