Top Navigation
शुक्रबार, असोज १२, २०८० ०६:२३:५६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०६:२३:५६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • आँखा चिलाउछ ? के गर्ने त अब ?
आँखा चिलाउछ ? के गर्ने त अब ?
मन्दिप गाैतम
मन्दिप गाैतम सोमबार, जेठ १, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

आँखा चिलाउने समस्या सुन्दा सामान्य तथा साधारण लाग्छ र सामान्य पनि हो । तर समयमा सहि उपचार भएन भने यहि सामान्य समस्या नै असामान्य हुन सक्छ। खासगरि बालबालिका तथा किशोर किशोरी यो समस्याबाट बढि प्रभाबित हुने हुनाले कलिलो उमेरमै उनिहरु दृष्टि बिहिन हुन पनि सक्छन् ।

आँखा चिलाउदा धेरैको बानि हुन्छ हातले हदैसम्म मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र होइन, आँखा रातो समेत हुने गर्छ । फोहोर हातले मिच्दा झन त्यसले आँखामा बिभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ। परिणाम स्वरुप आँखा पोल्ने, आँखा रातो हुने, आँखा सुन्निने र पाक्ने गर्दछ । त्यसैले सकेसम्म आँखा नमिच्ने, हात नलगाउने तथा आँखा वरिपरि नकन्याउने बानि बसाल्नु पर्दछ । 

आँखाको सबैभन्दा बाहिरि तहमा विभिन्न एलर्जि गर्ने कारक तत्वले गर्दा आँखा चिलाउने गर्दछ । यि कारक तत्व मुख्यतया हावाबाट आँखामा सर्ने गर्दछ । 

यो समस्या गराउने कारणहरुमा मुख्यतया

  • रुख बिरुवा, झारपात, फूल फुलेको मौसममा निस्कने परागकण ।
  • हावामा उडिरहने धुलो, धुवा, पराल, घासपातका मसिना कण ।
  • कडा र चर्को घामको प्रकाश
  • घरको सिरानी, ब्ल्यान्केट, कार्पेट आदिमा हुने धुलोका कण ।
  • घरपालुवा जनावर जस्तै कुकुर, बिरालो आदिमा पाइने मसिना जिवानु, जनावरको छालामा पर्ने एक किसिमको चाँया जस्तै तत्व ।
  • विभिन्न किसिमको केमिकलहरु, वढि स्र्पे, कस्मेटिक्स आदि पर्दछन ।
  • तर व्यक्ति अनुसार कारण भने फरक-फरक हुन सक्छन् ।

आँखा चिलाउने समस्याको लक्षणहरुमा मुख्यतया

  • आँखा चिलाउने, आसु आउने, विझाउने, घाममा हेर्न असजिलो हुने ।
  • आँखाको  रंगमा परिवर्तन भएर हल्का पहेंलो, रातो हुदै गएर आँखाको बाहिरी तहको प्राकृतिक चमक हराएर जाने र धागो जस्तो चिप्रा आउने गर्दछ ।
  • समस्या बढ्दै गएपछि आँखाको बाहिरी नानि वरिपरि मसिना फोका देखिनु ।
  • नानिको वरिपरि विशेष गरि माथिल्लो आधा भागमा सेतो घेरा जस्तो देखिनु ।
  • आँखाको ढकनि पल्टाएर हेर्दा भित्रपट्टि प्रशस्त मसिना फोकाहरु देखिनु ।
  • अझै लामो समय सम्म उपचार नगरेको खण्डमा कहिले काहि आँखाको नानिमा घाउ (सामान्य भाषामा फुलो) सम्म हुने जोखिम हुन सक्छ ।

आँखा बेसरि चिलाए, के गर्ने ? के नगर्ने त ?

के गर्ने त ?

  • आँखामा वरफ वा चिसो पानीले करिव १०-१५ मिनेट सम्म सेक्दा आँखा चिलाउने, पोल्ने, सुनिने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • आँखाको एलर्जि कम गर्न घरवाहिर निस्कनु परेमा चश्माको प्रयोग गर्ने ।
  • आँखा बेसरि चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखा पखाल्ने । (तर पानीको बहाव भने धेरै हुनुहुदैन)
  • माथिको कुनैपनि उपायहरुले काम नगरे तुरन्तै नजिकैको स्वास्थ्य चौकि वा आँखा उपचार केन्द्रमा जाने र चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाह अनुसार औषधि प्रयोग गर्ने ।

के नगर्ने त ?

  • आँखा चिलाएमा हदै सम्म आँखा नमिच्ने, आँखा मिच्ने वा माड्दा समस्याबाट क्षणिक रुपमा त राहत महसुस होला तर दीर्घकालिन रुपमा समस्यालाई झन जटिल बनाउन सक्छ ।
  • आँखामा फोहोर हात नलगाउने ।
  • आँखामा कस्मेटिक्स सामानहरु प्रयोग नगर्ने ।
  • जथाभावि औषधिको प्रयोग नगर्ने ।

(जथाभावि औषधिको प्रयोगले दृष्टिविहिन हुनुपर्ने पनि हुन सक्छ। जस्तै स्टेरोइड ग्रुपको औषधि, यो  ग्रुपको औषधि निश्चित समयको लागि मात्र आँखाको अन्य अवस्थालाई निगरानि राख्दै चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने औषधि हो । यदि लामो समयसम्म जथाभावी प्रयोग र नियम विपरित वा बारम्बारको प्रयोगले प्रयोगकर्तामा मोतियाविन्दु तथा जलविन्दु जस्तो दृष्टि घातक रोग लागेर दृष्टि विहिन हुने सम्भावना बढेर जान्छ)

त्यसैले आँखामा जथाभावि र नियम विपरित बारम्बार औषधिको प्रयोग नगराैं, गर्नै परेमा चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाह वमोजिम प्रयोग गराैं। दृष्टि विहिन हुनबाट आफु पनि बचौँ अरुलाई पनि बचाउ ।

हजुरको दृष्टि, हाम्रो प्रतिवद्धता 
मन्दिप गौतम 
दृष्टि विशेषज्ञ (Optometrist)
आँखा स्वास्थ्य सेवा तथा चस्मा घर
(आँखा उपचार केन्द्र)
मुसिकोट नगरपालिका, १-खलंगा रुकुम (पश्चिम)


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:२०
कृषि कृषि
#आँखा चिलाउछ ? #के गर्ने ? #स्वास्थ्य सल्लाह #मन्दिप गाैतम
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्