Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेको भूमिमा स्थानीय नाचको रौनक (फोटो फिचर) 

रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र खाबाङमा अहिले चहलपहल बढेको छ । भूमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका साथै रोल्पा र बागलुङबाट सर्वसाधारण अहिले खाबाङमा आएका छन् । व्यापारिक स्टलहरु राखिएको छ । व्यापारिहरुलाई भ्याई नभ्याई छ । होटलहरु भरिभराउ छन् । खाबाङमा यस्तै चहलपहल सधैं भने हुदैन । प्रत्यक वर्षको असार पहिलो साता अन्य बेलाको भन्दा बढी चहल पहल हुने गर्छ । 

354238600_6726399857393147_5274962776858444196_n1687154895.jpg

भूम्या पर्व तथा बलपुजाको अवसरमा २०७५ साल देखि लोप हुन लागेका कला साँस्कृतिक र भेषभुषासंग जोडिएका स्थानीय नाच संरक्षण गर्ने उद्देश्यले भूमे गाउँपालिकाले साँस्कृतिक महोत्सव गर्दै आएको छ । भूमेमा ठाउँ अनुसार फरक संस्कृति, कला, भेषभुषा र नाचहरु छन् । मौलिक नाचको प्रवद्र्धन र पुस्तान्तरण आवश्यक रहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ बताउनुहुन्छ । त्यसैका लागि सरकारले साँस्कृतिक महोत्सव गर्दै आएको उहाँको भनाई छ ।

यो वर्ष पनि विभिन्न ८ विधामा प्रधिस्पर्धा भइरहेको छ । फरक फरक भेषभुषामा सजिएका ३५ ओटा समुहले छुट्टा छुट्टै विधाका नाच प्रस्तुत गरिरहेका छन् । भूम्या नाचमा ७ समुह, नचारु नाचमा ३, मुयुर नाचमा ४, पैंसेरु नाचमा पाँच  र फाँक नाचमा ४ समुहले प्रतिस्पर्धा गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झोरेल्ली नाचमा दुई समुह, सिंगारु नाचमा ३ समुह र लस्के गितमा सात समुह प्रतिस्पर्धामा छन् । 

354452663_6726397520726714_3168662169067802242_n1687154898.jpg

सबै विधामा विजेतालाई गाउँपालिकाले पुरस्कारको व्यवस्था गरेको छ । भूमे नाचमा प्रथमले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना हुने समुहले २० हजार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै ढोङ्गे÷नचारु नाचको प्रथमले ७५, दोस्रोले ५०, तेस्रोले ३० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ पाउने छन् । 

मयूर नाचमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १५ हजार पाउने छन भने डिग्रे÷पैंसेरु नाच, झोरेल्ली नाच, फाँक नाच, सिंगारु नाच र लस्के गित प्रतियोगिताको लागि पुरस्कार राशि समान रहेको महोत्सव व्यवस्थापन समितिका सदस्य चन्द्र रसाइलीले बताउनुभयो । उहाँका अनुसार प्रथमले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउने छन् । गाउँपालिकाले पुरस्कारमा मात्र १४ लाख खर्च गर्दै छ ।

354467353_6726397634060036_1756398796791033203_n1687154896.jpg

354222338_6726394480727018_2942057077203634742_n1687154896.jpg

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update