रुकुम पूर्व सिस्ने गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड ३ नम्बर वडाको जनता माध्यमिक विद्यालय पोखराले जितेको छ । कुल ४६ अङ्क प्राप्त गरी मावि पोखराले गाउँपालिकाको शिल्ड जितेको हो । ६ नम्बर वडाको त्रिभुवन जनता मावि छिप्रिदह १५ अङ्क प्राप्त गरी दोस्रो हुनु सफल भएको छ भने वडा नम्बर २ मा रहेको हिमालय मावि नायगाडले ३ अङ्क प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेको छ ।
यस्तै वडा नम्बर ५ मा रहेको कोट मावी रुमालवारा र ४ नम्बर वडामा रहेको जनप्रिय मावि दादिङले १/१ अङ्क प्राप्त गरी सान्त्वना स्थान हासिल गरेका छन् । १२ गते उद्घाटन भएको गाउँपालिका स्तरीय रनिङ शिल्डमा गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
वडा नम्बर ५ मा रहेको रुक्मिणी मावीले भने रनिङ शिल्डमा निर्देशिका विपरित अन्य विद्यालयहरुले खेलाडी सहभागी गराएको भन्दै अन्तिम चरणका खेलमा सहभागिता जनाएको थिएन । सबै विधाका खेलकुद सकिएपटि एक कार्यक्रमका विच रनिङ शिल्डको समापन गरिएको छ ।