त्रिवेणी २ बाट २ नाल बेवारिसे अवस्थाका भरुवा बन्दुक बरामद
रुकुम पश्चिममा बेवारिसे अवस्थामा २ नाल भरुवा बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाकाे त्रिवेणी गाउँपालिका–२, राताेपहरास्थित सामुदायिक वनको ओडारभित्र काठको बटदेखि नालको टुप्पो (फल्यास हाइडर) सम्मको दूरी चार फिट ६ इन्च लामा बेवारिसे अवस्थाका २ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
शनिवार दिउँसो करिब ३ बजे प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्दुकलाई प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । फेला परेका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विक्रम भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३ २०:११
प्रतिक्रिया दिनुहोस्





