Kakhara सबैको खबर सम्पूर्ण खबर
हवाई दुर्घटनाको उद्धार सम्बन्धी नमुना अभ्यास (फोटो फिचर)
नमुना अभ्यास ।

रुकुम पश्चिममा हवाई दुर्घटनाको उद्धार सम्बन्धी नमुना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेनाको चण्डी दल गण सल्ले र जिल्ला अस्पताल सल्लेको संयुक्त आयोजनामा सल्ले विमानस्थल र जिल्ला अस्पतालमा नमुना अभ्यास गरिएको हो । हवाई दुर्घटनामा भएमा त्यसको उद्धार र उपचार सम्बन्धी नमुना अभ्यास गरिएको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी बरुण केसी खत्रीले जानकारी दिनुभयो ।

DSC021611695103077.jpg

हवाई दुर्घटना र त्यसपछिको उद्धार र उपचारको वास्तविकता झल्किने गरी नमुना अभ्यास गरिएको उहाँको भनाई छ । उहाँका अनुसार हवाई दुर्घटना पश्चात् घटनास्थलको सुरक्षा, थप क्षति हुन नदिन गर्नुपर्ने प्रयास, घाइतेको उद्धार, शव सङ्कलन र व्यवस्थापन तथा घाइतेलाई स्वास्थ्य संस्था पुर्‍याउने देखि सहज उपचार व्यवस्था मिलाउने सम्मका गतिविधिको अभ्यास गरिएको हो । त्यस्तै दुर्घटनाका समयमा घाइते तथा मृतकका आफन्तको व्यवस्थापन सम्बन्धमा पनि अभ्यास गरिएको उहाँले बताउनुभयो ।

DSC021691695103029.jpg

दुर्घटना अकस्मात् हुने र तत्काल उद्धार गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै जिल्लामा हुनसक्ने सम्भावित हवाई दुर्घटनाको उद्धारका लागि सबै निकायलाई तयारी अवस्थामा राख्ने उद्देश्यले नमुना अभ्यास सञ्चालन गरिएको प्रमुख सेनानी खत्रीको भनाई छ । यसले भविष्यमा हुनसक्ने सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षतिको जोखिमलाई कम गर्न मदत पुग्ने विश्वास गरिएको उहाँको भनाई छ ।

DSC021801695103214.jpg

कार्यक्रममा उपस्थित मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले पनि ध्यान दिएको र जिल्लाका सबै सरोकारवाला निकायसङ समन्वय गरिरहेको बताउनुभयो । विपद्लाई रोक्न नसकिने भए पनि सावधानी अपनाएर कम गर्न सकिने र पूर्व तयारी गरेर विपद् पछिको क्षतिलाई कम गर्न सकिनेमा उहाँहरूले जोड दिनुभयो ।DSC021871695103231.jpg

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता कार्यक्रमले सरोकारवाला निकायलाई विपद् प्रतिकार्य योजना निर्माण गर्न सहज हुनुका साथै तयारी अवस्थामा रहन मदत पुग्ने बताउनुभयो । पूर्व तयारी नहुँदा विपद्का बेलामा ठुलो जनधनको क्षति हुने अवस्थालाई यस्ता कार्यक्रमले कम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

DSC021961695103171.jpg

कस्तो खालको विपद् कुन बेलामा आउँछ र त्यसले कस्तो क्षति गर्छ भनेर कसैलाई पनि थाहा नहुने भएकोले विपद् प्रतिकार्यका लागि सरोकारवाला निकाय सबै चनाखो भएर बस्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा तीन वटै सुरक्षा निकाय, स्वास्थ्य सेवा कार्यालय, रेडक्रस, अन्य सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

DSC021771695103193.jpg

 

DSC021981695103116.jpg

DSC022031695103046.jpg

DSC022121695103060.jpg

DSC022031695103046.jpg

DSC021971695103096.jpg

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update