Kakhara सबैको खबर सम्पूर्ण खबर
गाेइरी जीप दुर्घटना: गम्भीर घाइते दुईको मृत्यु
दुर्घटनाग्रस्त जीप ।

रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु  भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षको बालक प्रतिक बुढाको मृत्यु भएको हो । ७ वर्षीय बालक बुढाको उपचारको लागि एम्बुलेन्स मार्फत सुर्खेत लैजादै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा मृत्यु भएको हो भने ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले काठमाडौँबाट हेलिकप्टर आउन लागेकाे नगर प्रमुख वादीले जानकारी दिनुभयो । आज बिहान चौरजहारी नगरपालिका १३ काे रातामाटाबाट जिल्ला सदुरमुकाम खलंगा आउने क्रममा चौरजहारी ८ गाेइरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो ।

जीपमा सवार चालक सहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्ग अन्तर्गत गैरीजिउला सडक खडण्डबाट भेरी नदिमा खसेको थियो ।  घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमता भन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ । यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update