Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त एम्बुलेन्स चालक सङ्घ रुकुम पश्चिमको अध्यक्षमा पुनः कृष्णकुमार

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको छैटौँ वार्षिकोत्सव एवं स्थापना दिवस सम्पन्न भएको छ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरिएको छैटौँ वार्षिकोत्सव एवं स्थापना दिवस नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । पुनः कृष्णकुमार ददेलको अध्यक्षतामा ११ सदस्यीय संयुक्त एम्बुलेन्स चालक सङ्घ गठन गरिएको सङ्घका कर्णाली प्रदेश अध्यक्ष दिलबहादुर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा बालाराम खत्री, सचिवमा विजय बस्याल र र कोषाध्यक्षमा देवबहादुर बुढाथोकीलाई चयन गरिएको छ ।

सदस्यहरूमा सोविराम खड्का, प्रेमप्रकाश पुन, मनविर खत्री, प्रविण विक, पारस कसेरा, टेकबहादुर पुन र यामबहादुर घर्ती चयन हुनुभएको छ । सङ्घले एम्बुलेन्स चालकलाई परेको समस्याको बारेमा आवाज उठाउने, अप्ठेरो परिस्थितिमा सहयोग गर्ने, जिल्लामा रहेका एम्बुलेन्स चालकलाई एकीकृत गर्ने लगायतका काम गरिरहेको कर्णाली प्रदेश अध्यक्ष गौतमले जानकारी दिनुभयो । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) बाट ३७ हजार एम्बुलेन्स सञ्चालनमा रहेकामा रुकुम पश्चिममा भने १५ वटा सरकारी र ७ वटा निजी एम्बुलेन्स गरेर २२ वटा सञ्चालनमा छन् ।

जिल्ला प्रशासन कार्यालयले तोकेको भाडा दरमा २४ सै घण्टा एम्बुलेन्स सञ्चालनमा रहेको नव निर्वाचित जिल्ला अध्यक्ष कृष्ण दलेलले बताउनुभयो । वार्षिकोत्सव एवं स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक सङ्घलाई सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्थालाई सङ्घले सम्मान गरेको थियो । अध्यक्ष ददेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने, महासचिव मुक्ति नाथ, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सुशील पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख पहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, अनुसन्धान अधिकृत होमराज रेग्मी लगायतको पनि आतिथ्यता रहको थियो । कार्यक्रमको सञ्चालन पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update