Kakhara सबैको खबर सम्पूर्ण खबर
कखरा सम्पादक खड्कालाई उत्कृष्ट क्रियाशील पत्रकारिता पुरस्कार

कखरा डटकमका सम्पादक तथा रेडियो सानीभेरी एफएमका समाचार प्रमुख मनिष खड्कालाई उत्कृष्ट क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवसको अवसरमा खड्कालाई सोमबार पुरस्कृत गरिएको हो ।  

२० औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पादक खड्कालाई पुरस्कृत गर्नुभएको हो । खड्कालाई कर्णाली प्रदेशतर्फको उत्कृष्ट क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस सेन्टर नेपालले जनाएको छ । 

सम्पादक खड्का प्रेस सेन्टर नेपाल रुकुम पश्चिम जिल्ला कार्य समिति सचिव हुनुहुन्छ । उहाँ २०७३ साल देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकको रुकुम संवाददाताका रूपमा समेत कार्यरत हुनुहुन्छ । स्थापना दिवसको अवसरमा अन्य प्रदेशबाट पनि उत्कृष्ट क्रियाशील पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update