Kakhara सबैको खबर सम्पूर्ण खबर
जनताको पक्षमा नीति बनाउनुपर्दछ: समन्वय उप प्रमुख विक 
जिसस उप प्रमुख विक ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर विकले नीति निर्माण गर्दा जनताको हितलाई ध्यान दिनुपर्ने बताउनु भएको छ । सानीभेरी गाउँपालिकाको १४ औँ गाउँ सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका विकले जनतालाई काम गर्दा सरल र सहज हुने र जनताकै पक्षमा नीति तथा कानुन बनाउनुपर्ने बताउनुभएको हो ।

हिउँदे अधिवेशन नीति निर्माण तथा ऐन कानुन बनाउने महत्वपूर्ण अधिवेशन भएकाले गम्भीर भएर कानुन निर्माण गर्नुपर्ने उहाँको भनाई थियो । स्थानीय तहहरूले नीति निर्माण तथा कानुन बनाउँदा सबैको सक्रियताको आवश्यकता रहने हुँदा सबैले साथ दिनुपर्ने उहाँको भनाई छ ।

भूकम्पको प्रसङ्ग जोड्नुहुँदै उप प्रमुख विकले भूकम्पपछि जनजीवन अस्तव्यस्त भएकोले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण र पुनर्निर्माण गर्न तर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सङ्घीयता माथि प्रश्न उठिरहेको प्रसङ्ग जोड्नुहुँदै उपप्रमुख विकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनको निम्ति स्थानीय तहले नै जनताको पक्षमा काम गरेर त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधि जनताको असल र जताप्रति उत्तरदायी हुनुपर्ने विकको भनाई थियो । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update