
पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम जिल्लाको नमुना कार्यालय घोषित भएको छ । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को माघ १० गतेको निर्णय अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम नमुना घोषित भएको हो । प्रदेशका १० वटै जिल्लामा रहेका प्रदेश मातहतका कार्यालय मध्येबाट सर्वोत्कृष्ट एवं नमुना कार्यालयहरू छनोट गरिएको छ ।
जसअनुसार रुकुम पश्चिममा पशु अस्पताल तथा पशु सेवा कार्यालय परेको हो । जिल्लामा प्रदेश मातहतका १२ वटा कार्यालयहरू रहेका छन् । सेवा प्रवाह, योजना कार्यान्वयन, व्यवस्थापन लगायतका आधारमा नमुना छनौट गरिएको बताइएको छ । छनौट भएका कार्यालयहरूलाई पुरस्कृत गरिने प्रदेशले जनाएको छ ।
कार्यालय नमुना घोषित भएको र पुरस्कार पाउन बाँकी रहेको पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो ।