पत्रकार महेश केसीलाई ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’

पत्रकार महेश केसीलाई यो वर्षको ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा पत्रकार केसीलाई पुरस्कार प्रदान गरिएको हो । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
दैलेखका दिवङ्गत पत्रकार डेकेन्द्र थापाको स्मृतिमा हरेक यो पुरस्कार प्रदान गर्ने गरिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरा जन्मथलो भएका केसी रुकुम पश्चिमको मुसिकोटबाट पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
उहाँ कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा आबद्ध हुनुहुन्छ भने नेपाल पत्रकार महासंघ रुकुम पूर्वको उपाध्यक्ष समेत हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १६:३५
प्रतिक्रिया दिनुहोस्