Kakhara सबैको खबर सम्पूर्ण खबर
एक हप्ता भित्र दुई सामुदायिक वनमा आगोलागि

रुकुम पश्चिममा सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ । गत शनिवार मात्रै मुसिकोट नगरपालिका वडा १ रावलबारास्थित बारेगैरा सामुदायिक वन क्षेत्रमा आगोलागि भएको थियो । त्यसको एक हप्ता नबित्दै आज पुनः सोही वडाकै भिर बारी सामुदायिक वनमा आगोलागि भएको छ । सामुदायिक वनमा आज दिउँसो लागेको आगो नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार डढेलोबाट साना ठुला गरी ५० वटा खोटे सल्लो प्रजातिका रुखहरूमा क्षेति पुगेको छ । भने दुई हेक्टर क्षेत्रफलमा आगोलागि भएको छ । गत शनिवार पनि  सामुदायिक वनमा आगोलागि हुँदा विभिन्न प्रजातिका साना ठुला गरी चार सय बिरुवामा क्षति पुगेको थियो । भने १५ हेक्टर क्षेत्रफलमा आगोलागि भएको थियो ।

आज दिउँसो सामुदायिक वनमा लागेको आगो डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको निमित्त प्रमुख परियारले जानकारी दिनुभयो । सामुदायिक वनमा आगो लगाउने व्यक्तिको खोज कार्य भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update