Kakhara सबैको खबर सम्पूर्ण खबर
योङ्ग सेफ ओलम्पियाडमा दोस्रो स्थान प्राप्त गर्ने थापालाई गाउँमा ‘भव्य’ स्वागत
प्रतियाेगिता पछि पहिलाे पटक गाउँ पुग्नुभएका कमललाई स्वागत गर्दै स्थानीय ।

६० देश सहभागी योङ्ग सेफ ओलम्पियाडमा दोस्रो हुनुभएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ का कमल थापालाई गाउँमा ‘भव्य’ स्वागत गरिएको छ । गाउँमा आउने खबर थापा पाएपछि स्थानीयहरू थापालाई स्वागत गर्न तम्तयार भएर बसेका थिए । भारतकाे दिल्लीमा भएकाे ६० देश सहभागी खाना पकाउने प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको खुसीयालीमा थापालाई स्थानीयले बाजागाजा सहित सम्मान गरेको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुयभो । 

427915333_2774121012743096_3257692766216683560_n1707998248.jpg
स्वागत कार्यक्रम ।

उहाँका अनुसार स्थानीय स्वागतका लागि गाउँभन्दा माथि पुगेर  बाजागाजा सहित घरसम्म पुर्‍याएका थिए । स्थानीयले खुसीयालीमा फुलमाला, दोसल्ला अबिर सहित नगद समेत दिएर स्वागत गरेका थिए । स्थानीयले स्वागत स्वरूप सम्मान गरे पनि वडा र नगरपालिको तर्फबाट केही दिनभित्र सम्मान गरिने वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । एकेडेमिक अफ कलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज ललितपुर लगनखेलमा अध्ययनरत थापाले जनवरी २९ देखि फेब्रुअरी ४ सम्म भारतको नयाँ दिल्लीमा आयोजित योङ्ग सेफ ओलम्पियाड २०२४ दोस्रो हुँदै कुल तीन अवार्ड जित्नु भएको थियो । 

प्रतियोगितामा थापाले फ्रान्स, इङ्गल्यान्ड, सिंगापुर, अमेरिका, स्पेन, अस्ट्रेलिया, साउदी अरेबिया, मलेसिया, इरान, टर्की, चीन लगायत ६० देशका राष्ट्रिय प्रतिनिधिलाई पछि पार्दै दोस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

Kalam Wellcome1707998241.jpg
अभिभावक तथा साथीभाइसंग कमल ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update