टाउकाेमा चाेट लागेकाे अवस्थामा मुसिकोट १२ बुगेरीमा एक व्यक्ति मृत फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ को बुगेरीमा एक व्यक्ति मृत फेला परेका छन् । सोही वडाका ५१ वर्षीय हस्तराम खड्का आज बिहान वडाको बुगेरी भन्ने स्थानमा बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि सुरुमा सोलाबाङ प्रहरी चौकीबाट हवलदार मिलन बस्नेतको टोली घटनास्थलमा पुगेको थियो । उक्त टोलीले मृतकको टाउकोमा चोट लागेको फेला पारेपछि थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई नेतृत्वको टोली घटना स्थलमा पुगेको थियो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र घटनाको थप अनुसन्धान सुरु गरिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । चोट रहेका कारण घटना शङ्कास्पद देखिएको उहाँको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० ०८:२३
प्रतिक्रिया दिनुहोस्