नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमले ३७ औँ वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले वार्षिकोत्सवको अवसरमा बुधवार बालबालिकालाई कार्यालयमै बोलाएर शैक्षिक सामग्री वितरण गरेको हो ।
मुसिकोट नगरपालिका १ डाङग्रीचौरमा रहेको चन्दननाथ आधारभूत विद्यालयमा अध्ययनरत ९ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको कम्पनीका कार्यालय प्रमुख टंक हमालले जानकारी दिनुभयो । उहाँका अनुसार बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री अन्तर्गत कापी, कमल र मन्जन, ब्रस, साबुन वितरण गरिएको छ ।
उनीहरूलाई बिहानको खाना समेत खुवाइएको थियो । अपाङ्गता भएका बालबालिकालाई वार्षिकोत्सवको अवसरमा करिब ११ हजार रकम बराबरको आर्थिक सहयोग गरिएको कार्यालय प्रमुख हमालले जानकारी दिनुभयो ।