Kakhara सबैको खबर सम्पूर्ण खबर
मयुर युवा क्लबको अध्यक्षमा प्रेमप्रकाश मल्ल चयन
क्लबकाे नयाँ कार्यसमिति ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ मा रहेको मयुर युवा क्लबको अध्यक्षमा प्रेमप्रकाश मल्ल चयन हुनुभएको छ । क्लबका निवर्तमान अध्यक्ष लक्ष्मण  ओलीको अध्यक्षतामा भएको साधारण सभाले  मल्ललाई अध्यक्षमा चयन गरेको हो । मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा भिमदत्त बुढाथोकी, दीपिका चन्द, सचिवमा सोमपाल कामी, सह सचिवमा पवन महर र कोषाध्यक्षमा लीलामणि दाहाल चयन हुनुभएको छ । त्यसै सदस्यहरूमा युवराज बोहरा,सुशील शाही,कमला पुन मगर, गम्भीरमान पुन र जितबहादुर कठायत चयन हुनुभएको छ ।
सभाले क्लबको लेखा समिति पनि निर्माण गरेको  क्लबका सदस्य युवराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेखा समितिको संयोजकमा गम्भीरमान पुन र सदस्यमा हिरालाल पुन र घनश्याम आचार्यलाई चयन गरिएको छ । क्लबको सल्लाहकार समितिमा तुल्सिराम बुढाथोकी, लालबहादुर घर्ती र कृपाराम पुन सहित ८ जनालाई सल्लाहकार समितिमा चयन गरिएको बताएको छ  । क्लबले वडामा  विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update