
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सरस्वती मावि सल्लेमा अध्ययनरत विशेष कक्षाका बालबालिकालाई कपडा र फलफूल वितरण गरिएको छ । यु.के.को यु.सी.एल युनिभर्सिटी लन्डनमा अध्ययनरत नेपाली विद्यार्थी रिना विश्वकर्माले उक्त सहयोग गर्नुभएको हो ।
पी.एच.डी रिसर्चको लागि नेपाल आएकी विश्वकर्माले बहिरा तथा सुस्त श्रवण स्रोत कक्षाका बालबालिकाहरूलाई न्यानो कपडा र फलफूल वितरण गरेको सरस्वती माविले जनाएको छ । यो कार्यक्रमको रुकुम पश्चिमका लेखाजोखा संयोजक डम्बरबहादुर खड्का र स्रोत शिक्षक प्रेमबहादुर विश्वकर्माले गरेको बताइएको छ ।
सहयोगी विश्वकर्मालाई धन्यवाद ज्ञापन गर्दै स्रोत कक्षामा अध्ययनरत बालबालिकालाई सहयोग गर्न विद्यालयले सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूलाई अनुरोध समेत गरेको छ । स्रोत कक्षामा १० जना बालबालिका अध्ययनरत छन् ।