
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ घर भई हाल जापानमा रहनुभएका नरेश ओलीले जन्मदिनको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैद बन्दीलाई फलफूल उपलब्ध गराउनुभएको छ । जन्म दिनको अवसरमा कारागारमा रहेका एक सय ५० कैदी बन्दीलाई पुग्ने गरी फलफूल वितरण गरिएको हो ।
फलफूल वितरणको सहजिकरण प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष तथा रेडियो सानीभेरीका बजार व्यवस्थापक देवकुमार ओलीले गर्नुभएको थियो । जन्मदिनको अवसरमा नरेशको तर्फबाट कारागारमा रहेका कैदी बन्दीलाई १५ हजार बराबरको केरा, स्याउ, अङ्गुर लगायतका फलफूल वितरण गरिएको सहजकर्ता ओलीले जानकारी दिनुभयो ।
नरेश विगत ६ वर्षदेखि रोजगारीको सिलसिलामा जापान हुनहुन्छ । जापानमा क्यात्यो जक्सन रेष्टुरेन्ट खोलेर व्यवसायमा सक्रिय उहाँ सामाजिक सेवामा पनि सक्रिय हुनहुन्छ ।